मोरङमा बाढीको कारणले उन्नाइस करोडको माछा बगे

Fish

मोरङ । एक हप्ताअघि परेको लगातारको वर्षासँगै आएको बाढी मोरङका माछापालक किसानको पोखरीमा पसेपछि १९ करोड मूल्य बराबरको माछा बगाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मोरङका विभिन्न स्थानमा सञ्चालन भएका पोखरीमा बाढी पस्दा उक्त क्षति भएको उक्त परियोजना कार्यान्वयन इकाइ प्रमुख प्रमोद रिजालले जानकारी दिए।

रिजालका अनुसार निर्माण गरिएको पोखरी, उत्पादन गरिएका भुरा, बिक्री गर्ने तयारी गरिएका माछा बगाउँदा १९ करोड मूल्य बराबरको क्षति भएको हो । मोरङको रंगेली नगरपालिका क्षेत्रका पोखरीमा कृषकले पालेको माछा पोखरीमा पानी थपिएपछि माछा बगेका हुन् । रंगेलीका पोखरीबाट १२ करोड मूल्य बराबरको माछा र पोखरीमा क्षति पुगेको छ । कटहरी गाउँपालिकामा सञ्चालित परियोजनामा तीन करोड, धनपालथान गाउँपालिकामा दुई करोड ५० लाख र पथरी शनिश्चरे नगरपालिकामा ५० लाख बराबरको माछामा क्षति पुगेको परियोजना प्रमुख रिजालको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...