दशैंमा १५ सय खसीबोका र एक हजार च्याङग्रा ल्याउँने तयारीमा खाद्यसंस्थान

भदौ २० गतेदेखि सहुलियत पसल

Changra bheda

काठमाडौं। नेपाल खाद्य संस्थानले दशैंका लागि २५ सय खसीबोका र च्याङग्रा ल्याउने भएको छ।

संस्थानले दशैमा खसीबोका र च्याङग्रा ल्याएर मासुको मूल्यमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएको छ।यो वर्ष संस्थानले पश्चिम नेपालबाट खसीबोका ल्याउने भएको छ।गत वर्ष पूर्वी नेपालबाट खसीबोका ल्याउँदै आएको थियो।दशैंको मुखमा पूर्वमा स्थानीय चुनावको चहलपहल हुने भएकाले पश्चिम तराईबाट खसीबोका ल्याउने लागिएको खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए।

१५ सय खसीबोका र एक हजार च्याङ्ग्रा गरेर २५ सय साना चौपाया ल्याउन आन्तरिक तयारी सुरु भइसकेको छ सापकोटाले भने, खसीबोका पश्चिम नेपालबाट र च्याङ्ग्रा मुस्ताङबाट ल्याउनेछौं।
संस्थानले मूल्य तोकेपछि निजी व्यवसायीले मूल्य तोक्छन्।दशैमा संस्थानले खसीबोका नल्याउने वित्तिकै निजी व्यवसायीले खसीबोकाको मूल्य बढाउने गरेका छन्।

भदौ २० गतेदेखि सहुलियत पसल
संस्थानले हरेक वर्ष दशैतिहारलाई लक्षित गर्दै सुरु गर्ने सहुलियत पसल भदौ २० गतेदेखि सुरु गर्ने भएको छ।

साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसँग सहकार्य गरेर सुरु गरिने सुपथ मूलय पसल राजधानी बाहिर पनि सुरु गरिने भएको छ।आपूर्ति मन्त्रालयको समन्वयमा संचालन हुने यो सुपथ मूल्य पसलमा अन्य किराना पसलहरुमा भन्दा अत्यावश्यक खाद्यान्न किलोमै दुर्इ रुपैयाँदेखि पाँच रुपैयाँसम्म सस्तो हुन्छ।

दशैं तिहारलाई आवश्यक पर्ने नुन, तेल, चिनी, दाल, चामल, घीउ लगायतका खाद्य सामाग्री बिक्रीका लागि राखिन्छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...