बाढीपहिराबाट ५ करोडको क्षति

Badhi

पोखरा । कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभान पात्लेमा गएको बाढीपहिराले १३ घरपरिवारको रु पाँच करोडभन्दा बढीको क्षति पु¥याएको छ ।

गत साउन २४ गते राति हुम्दी खहरे खोलामा आएको बाढीपहिरो गाउँमा पसेपछि देवीलाल लामिछानेको सबैभन्दा बढी रु एक करोडको क्षति पु¥याएको वडाध्यक्ष जुमबहादुर गुरुङले जानकारी दिए ।

बाढीपीडित लामिछानेका घर र बिरुवाको नर्सरीमा पूर्ण क्षति पुगी एक गाई र ५ सय कुखुरा बगाएको छ ।

बाढीले प्रवीण लामिछाने, गंगा आचार्य, रेशम लामिछाने, प्रह्लाद लामिछाने, सन्तुमाया लामिछाने, हिमाल भुसाल, गंगाबहादुर विक, प्रेमबहादुर विक, नरबहादुर विक, कमला परियार, डम्बरबहादुर विक र खेमकुमारी विकको ४ करोड जतिको क्षति पुगेको छ ।

यसैबीच ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल टान ले त्यस ठाउँका बाढीपीडितलाई ५५ हजार ५ सय ५५ सहयोग गरेको छ ।

प्रजिअ तारानाथ अधिकारी र संस्थाका अध्यक्ष दीपकराज अधिकारी बाढीपहिरोस्थल रिभानमै पुगी वडाध्यक्ष गुरुङलाई राहत रकम हस्तान्तरण गरे ।

त्यस्तै साबिक धिताल गाविस घर भई हाल दक्षिण कोरियामा बस्दै आएका सन्देश गुरुङले एक बोरा चामल, हेम्जा युनाइटेड क्लबले १० हजार, गाउँपालिकाको नवज्योति एकता युवा क्लब तथा आमा समूहबाट २० हजार र चित्रेस्वाँरा पाख्रीबोट युवा क्लब र आमा समूहले ८ हजार १ सय २५ सहयोग गरेको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...