धुर्मुसले गरे अर्को मन छुने काम

६ महिनादेखि थलिएकी रत्नेदेवीलाई पु¥याए अस्पताल

Dhurmus23

काठमाडौँ । समाज सेवा, राहात एवं उद्धारका कारण लोकप्रिय बनीरहेका कलाकार सिताराम कट्टेल (धुर्मुस) ले ६ महिनादेखि थलिएकी रत्नेदेवी माझीलाई अस्पताल पुर्याएर उद्धार गरेका छन् ।

तराई डुबेपछि राहत र उद्धारका लागि सर्लाही पुगेका उनले जीवन मरणको दोसाँधमा रहेकी लालबन्दी ५ बेतीनी, माझी गाउँकी रत्नेदेवीलाई उपचारका लागि बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरेका हुन् ।

राहात सामग्री र मेडिकल टोलीसहित सर्लाही लालबन्दी पुगेका धुर्मुसले त्यस क्षेत्रका बाढी पिडितलाई राहात वितरण गरे ।

माझी गाउँमा रहेका २६ परिवारमध्ये कतिपय पीडितहरु राहात लिनबाट बञ्चीत भएको हुनसक्ने भन्दै बस्ती धुर्मुसले रत्नेदेवीलाई भेटेका हुन् ।

राहात सामग्री लिन जान समेत नसकेकी उनको हात, खुट्टा डढेको देखेपछि आफुले वर्षौँ अघि दालले पोलेर डेढ महिना थलिएको पीडा सम्झेको बताएका छन् ।

आगोले पोल्दाको पिडा मैले राम्रोसँग अनुभव गरेको छु, त्यसैले रत्नेदेवीलाई अस्पताल पुर्याएको धुर्मुसले बताए ।

६ महिना अघि लुगाबाट सल्कीएको आगोले रत्नेदेवीको पुरै शरिर डढेपछि सामान्य उपचार गरिएको थियो ।

तर, चरम गरिबीका कारण गतिलो उपचार हुन नसक्दा उनको हातखुट्टा नशा समेत खुम्चीसकेको देखेपछि धुर्मुस सुन्तली फाउण्डेशन, बर्दिबासका होटल व्यवसायी हिरा गौतम र मेडिकल टोलीले उनको उपचारका लागि अस्पताल पु¥्याएको हो ।

अस्पतालमा उपचार पछि रत्नेदेवी घाउ निको हुने भएपनि खुम्चीएका नशालाई सोझ्याउन भने अपरेशन गर्नु पर्ने डक्टरले बताएका छन् ।

त्यसका लागि उनलाई केहि दिनपछि काठमाण्डौँ पठाइने फाउण्डेशनका अध्यक्षसमेत रहेका कट्टेलले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...