नेशनल हस्पिटलद्वारा बाढी पीडितलाई राहत प्रदान

Hospital rahat

काठमाडौं । राजधानीको कलंकीस्थित नेपाल नेशनल हस्पिटलले चितवनको माडी नगरपालिकाका बाढी पीडितलाई राहत सामाग्री प्रदान गरेको छ ।

सो हस्पिटलले राहत सामाग्री पूर्व शिक्षामन्त्री धनीराम पौडयाल एवं पूर्व सभासद चित्रवहादुर श्रेष्ठ लगायतलाई पहिलो चरणको राहत सामाग्री स्वरुप १ हजार बोतल पानी, ४ सय केजी बिटन राईस, १ हजार प्याकेट वाईवाई चाउचाउ, ५ सय प्याकेट दालमोठ, १ हजार प्याकेट विस्कुट,२ सय प्याकेट सेनिटरी प्याड, १ हजार प्याकेट ओआरएस र लत्ताकपडा तथा अन्य औषधी हस्तान्तरण गरेको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौडलले पहिलो चरणमा बाढी पिडितका लागि सो सामाग्री हस्तानतरण गरिएको र आगामी दिनमा फेरि सहयोग गर्ने बताए ।

प्रतिकृया दिनुहोस