नारी चेतना सहकारीको साधारणसभा सम्पन्न

Sahakari news

काठमाडौं । राम मन्दिर नारी चेतना सीपमूलक सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

स्थानीय महिलाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले २०६१ मा स्थापना भएको राम मन्दिर नारी चेतना सीपमूलक सहकारी संस्थामा १ हजार १ सय ३४ जना सदस्य छन् । उसको पुजी ६ करोड ७० लाख छ ।

सहकारी संस्थाको १३औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाको मेयर उद्धव खरेलले सहकारीलाई चुस्त दुरुस्त राख्न र प्रगति गर्नलाई शेयर सदस्यहरुको प्रमुख भूमिका हुने भएकोले सचेत रहन आग्रह गरे । उनले सहकारीले थोरै समयमा उन्नती र प्रगतिमा सधैं नगरपालिकाको साथ रहने प्रतिवद्धता पनि जनाए । उनले सहकारीलाई सिपमूलक परियोजना संञ्चालन गर्न सहयोग गर्ने बताए ।

संस्थाकी अध्यक्ष उषा अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं. १० का अध्यक्ष नवराज भट्टराई, ११ नं. वडा अध्यक्ष राजु अधिकारी, रिलायन्स कलेजका प्रिन्सिपल खेम भूसाल, नेपाल पत्रकार महासंघ काठमाडौका सदस्य बिष्णु निश्चल, समाजसेवी मिठाराम अधिकारी लगायतले सहकारीको विकासका लागि सबै सदस्य इमान्दार हुनुपर्नेमा जोड दिएका थिए ।

सो साधारणसभामा सहकारीका सचिव चन्द्रावी बानिया अधिकारीले बार्षिक प्रगति प्रतिवेदन र चालु आर्थिक बर्ष २०७४/०७५ को लागि बार्षिक कार्यक्रम प्रस्तुत गरेकी थिइन् । संस्थाका कोषाध्यक्ष मिना बिष्ट अधिकारीले आ.ब. २०७३/०७४ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

सो सभाले लेखा समितिको प्रतिवेदन, २०७३/२०७४ को लेखा परिक्षकको प्रतिवेदन, २०७३/२०७४ को लाभांस घोषणा पनि पारित भएको थियो ।

सो सभामा मेनु केसी, ठूली लामा, ठुलीकान्छी अधिकारी, मैया केसी, कान्छी तामाङ, भावना केसी र पुजा बस्नेतलाई नगर प्रमुख खरेलले सम्मान गरेका थिए भने २०७३÷०७४को एसइइमा उत्तीण बाल सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...