बाढीका कारण अर्बौंको नोक्सानी

Badi bat noksani

भद्रपुर । हालै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा १ अर्ब ६ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ ।

धानबालीतर्फ ८८ करोड ५५ लाख, माछापालनतर्फ ५ करोड ६८ लाख ७५ हजार, रबरखेतीतर्फ ४ लाख ८० हजार र तरकारीबालीतर्फ १२ करोड ६० लाख बराबरको नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले बताए ।

बाढीबाट ७ हजार २ सय ६६ हेक्टर जग्गामा लगाइएको बालीनालीमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।जिल्लाभरि क्षति बढ्न सक्ने बताइएको छ ।

बाढीले मेचीनगर, अर्जुनधारा, बिर्तामोड, भद्रपुर, कन्काई, शिवसत्ताक्षी, दमक, गौरादह नगरपालिका तथा बुद्धशान्ति, हल्दिबारी, कचनकवल, बाह्रदशी, झापा, गौरीगञ्ज र कमल गाउँपालिकामा क्षति पु¥याएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...