खोटो र रोजिन टर्पेन्टाइन व्यापारमा कमी

धनगढी । कैलाली भन्सार कार्यालयले पछिल्लो समय खोटो र रोजिनको निकासी व्यापारमा कमी आएको छ ।

कार्यालयका अनुसार आव २०७३/७४ मा ३८ करोड ६८ लाख ३२ हजार मूल्य बराबरको ३१ लाख ८० हजार किलो खोटो रोजिन र ९ करोड ८८ लाख मूल्य बराबरको ८ लाख २१ हजार ३ सय किलो तार्पेन तेल निकासी भएको भन्सार अधिकृत नारायणदत्त जोशीले जानकारी दिए । 

आव २०७२/७३ मा ५५ करोड १८ लाख दुई हजार मूल्य बराबरको ४२ लाख ६७ हजार दुई सय किलो खोटो रोजिन तथा ८ करोड ९० लाख २४ हजार मूल्य बराबरको ७ लाख ३६ हजार १ सय ६० किलो तार्पेन तेल निकासी भएको थियो ।

यस्तै आव २०७१/७२ मा रु ७२ करोड ४९ लाख २३ हजार मूल्य बराबरको ५४ लाख छ हजार किलो खोटो रोजिन र १२ करोड १५ लाख ७८ हजार मूल्यको १० लाख ३३ हजार ७२० किलो तार्पेन तेल निकासी भएको जोशीले बताए ।

कैलाली भन्सार नाकाबाट मुख्य निर्यात हुने १० बस्तुमध्ये खोटो र रोजिन प्रमुख हुन् । देशका अन्य क्षेत्रका भन्सार नाकामा जस्तै कैलाली भन्सार नाकाबाट पनि निकासी व्यापारको तुलनामा आयातव्यापार निकै ठूलो परिमाण र मूल्यमा हुने गरेको छ ।

कार्यालयको तथ्यांकमा आव २०६९/७० मा सो नाकाबाट कुल ६ अर्ब ६७ करोड ५४ लाख ७९ हजार मूल्यका विभिन्न वस्तु आयात भएकोमा आव २०७०र७१ मा आयात वृद्धि भई ८ अर्ब ३८ करोड ५९ लाख ८२ हजार १ सय ४९ का विभिन्न वस्तु आयात भएका थिए ।

आव २०७३/७४ मा ६ अर्ब ८० करोड १ लाख ४५ हजार मूल्य बराबरको समान आयात भएको थियो । कैलाली भन्सार नाकाबाट आयात हुने मुख्य वस्तुमा सिमेन्ट, कोइला, जेनेरेटर, तरकारी, तोरी, चामल, गहुँ, पेट्रोलियम पदार्थ, ट्याक्टरलगायत रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...