दोरम्बा हत्याकाण्डको १४ बर्ष पूरा,

भौतिक संरचना अझै उस्तै

Doramba hatya kanda 1

रामेछाप । दोरम्बा हत्याकाण्ड घटाइएको १४ बर्ष पूरा भएको छ । २०६० साल साउन ३२ गते अर्थात आजकै दिन तत्कालिन शाही नेपाली सेनाले माओवादीका तत्कालिन जिल्ला जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जनाको सामुहिक हत्या भएको थियो ।

परिवर्तन ल्याउनको लागि दोरम्बामा बगेको रगतको ठूलो साइनो जोडिएको छ । तर पनि स्थानीय रुपमा भने भौतिक संरचनामा परिवर्तन हुन सकेको छैन् ।

सिंहदरवारको अधिकार गाउँगाउँमा ल्याउनको लागि दोरम्बामा सहादत दिएका शहीदहरुको ठूलो योगदान रहेको छ । युद्धविरामको समयमा बैठक बसिरहेको घरबाट पक्राउ गरेर डाँडाकटेरीमा लगेर हत्या गरेको थियो ।

दोरम्बा हत्याकाण्डकै कारण सरकार र माओवादीबीच दोस्रो चरणको वार्तासमेत भंग भएको थियो । दोरम्बा हत्याकाण्ड राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा निकै चर्चाको विषय बनेको छ ।

स्थानीय तहको पुनर्संरचना गर्दा ऐतिहासिक दोरम्बा घटनाकै कारण दोरम्बा गाउँपालिका नामाकरण गरिएको छ ।
स्थानीय तहको निर्वाच्नमा दोरम्बा गाउँपालिकामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।

दोरम्बा हत्याकाण्ड भएको लामो समय वितिसक्दा समेत डाँडाकटेरीलाई अपेक्षा अनुसार विकास गर्न सकिएको छैन् । शहीद स्मारक पार्क बनेपनि सालिक निर्माणको काम हुन सकेको छैन् ।

लामो समय वितिसक्दा समेत दोरम्बाको डाँडाकटेरीको विकास किन हुन सकेन । दोरम्बामा बगेको रगत नयाँ राजनीतिक व्यवस्था निर्माण गर्न, समाज निर्माणको लागि, नयाँ आर्थिक व्यवस्थाको लागि थियो ।

दोरम्बाको डाँडाकटेरीबाट सशहीदहरुले देखाएको सपना र उनीहरुले देखाएको क्रान्तिकारी बाटो नछोडौं । पार्टीभित्र क्रान्तिकारी खोल ओढेका दक्षिणपन्थी अवसरवादसँग लड्दै जानु हाम्रो कर्तव्य हो ।

दोरम्बा हत्याकाण्डमा शहीद भएका बाबुराम लामा, ललिता लगायत २१ जना शहीदहरुले देखाएको सपना साकार पारौं ।

दोरम्बा हत्याकाण्डमा देश र जतनालाई मुक्त पार्नको लागि हाँसी–हाँसी जीवन बलिदान गर्ने सहिदहरुप्रति श्रद्धालाई कदर गर्नु हामी नेपालको दायित्व हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...