यस्तो छ डा. केसीको अनसन श्रृंखला

Kc ansan final

काठमाडौं । नेपालमा सबैभन्दा धेरै अनसन बस्ने को हो भनेर कसैले सोध्यो भने त्यसको सजिलो उत्तर भनेकै डा. गोविन्द केसी भन्ने आउँछ । यो प्रश्नको उत्तर दिन बालबच्चासमेत अभ्यस्त भइसकेका छन् ।

चिकित्सा क्षेत्रमा भएको विकृति र विसंगति हटाउन र गरिवका छोराछोरीले सस्तोमा चिकित्सा क्षेत्रमा अध्ययन गर्न सजिलो होस भन्दै डा. केसीले २०६९ असार २१ देखि अनसन बस्था थालेका थिए ।

उनले अनसन सुरु भएको पनि ५ वर्ष भइसकेको छ । यो अवधीमा डा. केसीका कतिपय माग पूरा भइसकेका छन् भने केही पूरा हुने चरणमा पनि छन् । तर, डा. केसीले आफ्ना माग पूरा नभएसम्म अनसन नछोड्ने बताउँदै आएका छन् । ११ औं अनसन तोड्ने बेला पनि यस्तै चेतावनीयुक्त भनाई राख्दै २३ दिन लामो अनसन स्थगित गरेका छन् ।

यसरी सुरु भएको थियो अनसन
डा. केसीले पहिलो अनसन २१ असार २०६९ मा भएको थियो । जुनबेला नेपालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए । असार २१ देखि २४ गतेसम्म बसेका थिए । उनको पहिलो अनसन ४ दिनको थियो ।

डा. केसीले पहिलो अनसन बसेको १ महिनापछि नै दोस्रो अनसन बसेका थिए । २७ साउन २०६९ मा सुरु गरेका थिए र त्यो बेला ६ दिन अनसन बसेका थिए ।

तेस्रो १० माघ २०७० मा अनसन सुर गर्दा मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी थिए । त्यो बेला १४ दिन लामो अनसन बसेका थिए । उनले त्यो बेला २७ पुसदेखि १० माघसम्म अनसन बसेका थिए ।

तेश्रो अनसन बसेको दुई सातापछि नै केसीले चौथो अनसन शुरु गरेका थिए । २५ माघ २०७० देखि ३ फागुनसम्म ८ दिन अनसन बसेका थिए भने पाँचौ अनसन बस्ने बेला सुशील कोइराला प्रधानमन्त्री थिए । २०७१ फागुन ८ गतेदेखि १९ गतेसम्म उनी अनसन बसेका थिए । उनको पाँचौं अनसन १२ दिनको थियो ।

डा. केसीको छैटौं अनसन १४ दिनसम्म लम्बिएको थियो । डा. केसी ७ भदौं २०७२ देखि २० सम्म अनसन बसेका थिए । सातौं अनसन असोज २ देखि १२ सम्म ११ दिन उनी अनसन बसेका थिए ।

आठौं अनसन बस्दा केपी शर्मा ओली प्रधानमन्त्री थिए । २६ असार २०७३ देखि १० साउन १० सम्म १५ दिन अनसन बसेका थिए । डा. केसीको नवौं अनसन भने १० असोज २०७३ देखि २२ सम्मको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला भएको डा. केसीको अनसन १२ दिनसम्म चलेको थियो ।

उनले सबैभन्दा बढी १० औं अनसनमा बसेका छन् । २८ कात्तिक २०७३ २८ देखि १९ मंसिरसम्म २२ दिने लामो अनसन बसेका केसीले ११ औं अनसन २३ दिनसम्मको रहयाे । डा. केसीको ११ औं अनसन १९ साउन २०७४ देखि सुरु भई ३१ साउन २०७४ अर्थात् आज मंगलबार अन्त्य भएको छ ।

उनको ११ औं अनसनको समयमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । बाढी पहिरोको कारणले पीडितहरुको स्वास्थ्य उपचारमा समस्या आएको भन्दै उनले मंगलबार अनसन स्थगन गरेका छुन् ।

उनी पटकपटक अनसन बस्दा नागरिक समाज र स्वास्थ्य क्षेत्रका विद्यार्थीले साथ दिने गरेका छन् । पछिल्लो समयमा अर्थात् ११ औं अनसनमा भने साझा विवेकशील पार्टीले धेरै साथ दिएको थियो भने विभिन्न राजनीतिक दलहरुले ऐक्यवद्धता जनाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...