कडा चेतावनी दिँदै २३ दिनमा तोडे डा. केसीले अनसन

Govinda kc 31

काठमाडौं । चिकित्सा क्षेत्रमा सुधारको माग गदैं २३ दिनदेखि जारी गोविन्द केसीको अनसन टुंगिएको छ ।

सरकारसँग वार्ता भइरहेका बेला डा. केसीले देशभर आइलागेको प्राकृतिक विपतबाट आफू आहात भएको भन्दै त्यसका लागि तत्काल अनसन स्थगित गरेको बताएका छन् ।

उनले बाढी कम भएपछि आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्नुपर्ने अवस्था आएपछि आफुले बाध्य भएर अनसन स्थगित गर्नुपरेको बताएका छन् । अनसन स्थगितको घोषणा गर्दै केसीले भने, ‘विपत्तिमा सबै पक्षको ध्यान केन्द्रीत हुन बाधा नपुगोस् भनेर मैले सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छु ।’

सत्याग्रहको कार्यक्रम स्थगित गरे पनि चिकित्सा शिक्षा ऐनका लागि लडाई निरन्तर जारी रहने बताएका छन् । डा. केसीले कुनै पनि बेला त्यसमा बदमासी वा तोडमोड गर्न खोजियो भने तत्काल सत्याग्रह पुनः सुरु गर्ने चेतावनीसमेत दिएका छन् । 

तस्विर : सुरज गौतम/निशान न्युज

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...