शेयर बजार दोहोरो अंकले घट्यो

Nepse(14)

काठमाडौ । धितोपत्र बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार १ सय ६० कम्पनीको १६ लाख १५ हजार ७ सय ३८ कित्ता शेयर ७८ करोड ३६ लाख ७ हजार ४ सय ८ मा किनबेच भएको छ ।

बजार १२.९७ अंकले ओरालो लागेर १ हजार ६२९.१६ अंकमा आइपुगेको छ । मंगलबार होटल समूहबाहेक अरु सबै समूहको सूचक रातो भएका छन् ।

बैंकिङ समूहको सूचक १०.८६ अंकले ओर्लिएको छ भने विकास बैंक १३.७४, जलविद्युत् २४.४९, फाइनान्स ३.९६, बीमा समूहको सूचक ८८.७६, उत्पादनमूलक समूह २८.३४ र अन्य समूहको सूचक ५.७९ अंकले ओरालो लागेको नेपाल स्टकले जनाएको छ । होटल समूहको सूचक भने ३.२ अंकले बढेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...