चीनद्धारा १० लाख अमेरिकी डलर सहयोग घोषित  

काठमाडौँ । चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेको हो । द्धपक्षिय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरे छ ।

वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस