पत्रकारलाई लाग्यो चुनाव, अंक गणितीय खेल सुरु

Fnj nepal

काठमाडौं । नेपालका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेसन नजिकिँदै गएको छ ।

महाधिवेसन नजिँकिदै गर्दा पत्रकारहरुको चुनावी रौनक पनि बढेको छ । भदौ ४ र ५ गते हुने महाधिवेसनमा महासंघलाई कब्जा गर्न पत्रकारहरु अंक गणितीय खेलमा पनि लागेका छन् ।

पछिल्ला दुई कार्यकाल महासंघको नेतृत्व गरेको प्रेस चौचारीले बरिष्ठ पत्रकार तीर्थ कोइरालालाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको छ । चौतारीले यो पटक नेत्रविक्रम चन्द नेतृत्वको क्रान्तिकारी पत्रकार संघलाई साथमा लिएको छ ।

त्यसैगरी लामो समयसम्म महासंघमा कब्जा जमाएको प्रेस युनियनले यो पटक माओवादी केन्द्र निकट प्रेस सेन्टरलाई अध्यक्षमा समर्थन गर्ने भएको छ । सेन्टरका तर्फबाट महासंघका पूर्व उपाध्यक्ष गोबिन्द आचार्य अध्यक्षका उम्मेदवार बन्ने भएका छन् । हालसम्म युनियन–सेन्टरको प्यानले भने उम्मेदवारी भने घोषणा गरेको छैन ।

कसको पल्लाभारी ?
महासंघको २४ औं महाधिवेसनका बेला प्रेस चौतारी र तत्कालीन क्रान्तिकारी पत्रकार महासंघ (हालको प्रेस सेन्टर) कबीच २५ औं महाधिवेसनमा गोबिन्द आचार्यलाई अध्यक्ष बनाउने लिखित सहमति भएको थियो । त्यही अनुसार महासंघमा चौतारीका डा. महेन्द्र विष्ट अध्यक्ष र तत्कालीन क्रानितकारी पत्रकार महासंघका उजिर मगर महासचिव विजयी भएका थिए ।

२४ औं महाधिवेसनका बेला प्रेस युनियनले मुख्य पदमा अनिता बिन्दु मात्रै विजयी भएकी थिइन् । त्यही भएर पनि योपटक जसरी पनि महासंघका आफ्नो उपस्थिती बलियो बनाउन युनियनले प्रेस सेन्टरलाई अध्यक्ष दिन बाध्य भएको छ ।

महासंघमा चौतारी बलियो संगठन हो भने दोस्रोमा युनियन छ । तेस्रो स्थानमा रहेको सेन्टर र युनियन मिल्दा पनि महासंघमा सेन्टर र युनियन विजयी हुने अवस्था छ । तर, चौतारी र यी संगठन मिल्ला यी दुई संगठनलाई जित हात पार्न सहज भने हुने छैन । त्यही भएर पनि यी दुई संगठन साना दलसँग सहकार्य गर्न बाध्यकारी हुने अवस्था आएको छ ।

यता साना संगठनहरुले पनि छट्टै प्यानल बनाएर चुनावी मैदान उत्रिने तयारी गरिरहेका छन् । चौतारी, युनियन र सेन्टरले सम्मानजनक स्थान नदिए छुट्टै प्यानल बनाएर चुनावी मैदानमा जान सक्ने विकल्प तयार पार्न थालेका छन् । उनीहरुले सकभर ठूला संगठनहरुसँग मिल्ने नभए साना संगठन मिलेर प्यानल बनाउने तयारीमा लागेका छन् ।

यसरी साना संगठनहरुले छुट्टै प्यानल खडा गरेको खण्डमा कोइराला वा आचार्यले सजिलै जित हात पार्न सक्ने अवस्था भने रहने छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...