युवालाई आकर्षित गर्न ४ करोड ५ लाख २१ हजार अनुदान

Anudan

पोखरा, । जिल्ला पशुसेवा कार्यालय कास्कीले आर्थिक वर्ष २०७३÷७४ मा युवालाई पशुपालनको क्षेत्रमा आकर्षित गर्न ४ करोड ५ लाख २१ हजार अनुदान वितरण गरेको छ ।

 पशुसेवा कार्यालयले २ करोड ४१ लाख २१ हजार र बजार प्रवद्र्धन निर्देशनालय हरिहरभवनले १ करोड ६४ लाख अनुदान उपलब्ध गराएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

दूध र मासु उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले एउटा ठूलो गाईभैँसी फार्म, सातवटा मझौला, २५ वटा साना गाईभैँसी फार्म र १९ वटा बाख्रा फार्मलाई १० हजारदेखि ३ लाख २५ हजारसम्म अनुदान वितरण गरिएको छ ।

युवा लक्षित बंगुर व्यवसायतर्फ १० बंगुर फार्ममध्ये ठूलो एउटालाई रु चार लाख र मझौला ९ फार्मलाई २÷२ लाख, घाँस प्याकेज कार्यक्रममा ६७ जनालाई ३ हजारदेखि ४० हजारसम्म, १० व्हील ब्यारोका लागि रु एक लाख सहयोग गरिएको छ ।

भकारो सुधार, बाख्राको खोर बनाउन, बहु वर्षे र डाले घाँसको विकास, पशुको उपचार र खोप, भैँसीमा कृत्रिम गर्भाधान, पशुपक्षी बजार प्रवद्र्धन, दुग्ध उत्पादक सहकारी संस्थालाई मिल्क एनालाइजर र चिलिङ भ्याट खरिदमा समेत अनुदान वितरण गरिएको छ ।

प्रतिकृया दिनुहोस