गोरखाका ५ जनामा स्वाइनफ्लु भएको पुष्टि

Swine flue

गोरखा, । गोरखाको गाँखुका ३ र लक्ष्मीबजारका २ मा स्वाइनफ्लु रोग लागेको पुष्टि भएको छ । १ साताअघि धेरै
मा रुघाखोकीको समस्या देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले बिरामीका नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षणका लागि पठाएको थियो ।

परीक्षणमा स्वाइनफ्लुका जीवाणु भेटिएपछि बिरामीलाई स्वाइनफ्लु लागेको पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीका अनुसार १ सयको हाराहारीमा रुघाखोकीलगायत समस्या लामो समयसम्म देखिएपछि परीक्षण गर्दा स्वाइनफ्लुको भाइरस एचवानएवान देखिएको हो ।

को–को बिरामी परेका हुन् भन्नेबारे जनस्वास्थ्य कार्यालयले खुलाएको छैन । बिरामी पाँचै जना राजधानीका अस्पतालमा उपचार गराएर घर फर्किसकेका छन् ।

प्रायः सुँगुर, बंगुरबाट मान्छेमा स्वाइनफ्लु सर्ने गर्छ । तर मान्छेबाट मान्छेमा स्वाइनफ्लु सरेको भन्दै जनस्वास्थ्य कार्यालयले सिजनल फ्लु भएकाले डराउनु नपर्ने तर सचेत हुनुपर्ने बताएको छ ।

स्वाइनफ्लुबाट विदेशमा जस्तो खतरा नेपालमा नरहेको बताउँदै दानीले सिजनल फ्लुबाट गाँखुमा सयजना भन्दा बढी बिरामी रहेको जानकारी दिए ।

बिरामीमा रुघाखोकी लाग्ने, घाँटी खुख्ने, ज्वरो आउने, पखला लाग्नेजस्ता लक्षणहरू देखापरेका छन् । गाँखुमा एक साताअघि घरपालुवा पक्षी परेवा, कुखुरा पनि मरेको थियो । गोरखामा स्वाइनफ्लुका बिरामी देखिएको यो पहिलो पटक हो ।

प्रतिकृया दिनुहोस