डा. केसीको समर्थनमा राजधानीमा प्रदर्शन (हेर्नुस तस्विर)

Kc sapost 4

काठमाडौं । विभिन्न माग राख्दै २०औं दिनदेखि अनसनमा बसेका डा. गोबिन्द केसीका समर्थकहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।

सोलिडारिटी फर डा. केसी अलायन्सको संयोजनमा हरेक शनिबार प्रदर्शन भएको हो । उनीहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥याली र प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि बानेश्वरमा आयोजित कोणसभामा नागरिक अगुवाहरुले कुनैपनि धोकाधडी नगरी डा. केसीसंग बिगतमा भएका सहमति पालना गर्न माग गरे ।

डा. केसीका समर्थकहरुले पनि सरकारको नियतमाथि शंका गर्दै दवावस्वरुप आजपनि सडकमा प्रदर्शन गरिरहेका छन् । अनशनरत डा. केसीको माग समेत सम्बोधन हुने गरी चिकित्सा शिक्षा बिधेयकमा सहमति जुटेको बताइए पनि डा. केसीले अनसन तोडेका छैनन् ।

तस्विर : सुरज गौतम/निशान न्युज

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...