ओरालो लाग्यो शेयर बजार

Downward

काठमाडौँ, । धितोपत्र बजारमा बिहिबार शेयर कारोबार ओरालो लागेको छ ।

नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार बिहिबार बजार ८.१९ बिन्दुले ओरालो लागेर १ हजार ६५३.९० बिन्दुमा पुगेको छ ।

ठूला कम्पनीका शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.८५ बिन्दुले घटेर ३४७.१२ बिन्दुमा पुगेको छ ।

कुल १ सय ६१ कम्पनीको २० लाख १० हजार ४ सय ४७ कित्ता शेयर ९२ करोड ७९ लाख ३० हजार २ सय ३९ मूल्यमा कारोबार भएको हो ।

वित्त क्षेत्र र उत्पादनमूलक समूहको शेयर मात्रै उकालो लाग्दा अरू उपसमूहका शेयर भने ओरालो लागेका हुन् ।

वित्त क्षेत्र १.२१ र उत्पादन समूहको शेयर १२.३४ बिन्दुले उकालो लाग्दा बैंकिङ ९.०२, होटल १३.४५, विकास बैंक ११.६, जलविद्युत् ६.३७, बीमा १६.०६ र अन्य समूह ३.७६ बिन्दुले घटेको छ । बुधबारसमेत बजार ओरोलो लागेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...