बीएण्डसीमा स्वाइन फ्लुको उपचार गरिने

B chospital

झापा । स्वाइन फ्लुको उपचार झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले भोलिदेखि गर्ने भएको छ ।

स्वाइन फ्लुको उपचारका लागि अस्पतालले बहिरङ सेवादेखि नै शंकास्पद बिरामीलाई बिशेषरुपमा अन्य बिरामीभन्दा बेग्लै राखेर उपचार गर्ने व्यवस्था मिलाएको बीएण्डसी अस्पतालका डा दिलीप शाहले बताए ।

स्वाइन फ्लुको उपचारका लागि सरकारका तर्फबाट विशेष तालीमसमेत लिएर आउनुभएका डा शाहका अनुसार स्वाइन फ्लु लागेका बिरामीका लागि भेन्टिलेटरसहितको आइसीयु सघन उपचार कक्ष अनिवार्य भएकाले त्यसको पनि बेग्लै व्यवस्था गरिएको छ ।

स्वाइन फ्लुको संक्रमण भए÷नभएको पत्ता लगाउने प्रविधि निकै महँगो भएकाले शंकास्पद बिरामीको नमूना संकलन गरी काठमाडौँमा रहेको सरकारको केन्द्रीय प्रयोगशालामा पठाइने र त्यसले दिएको रिपोर्टको आधारमा उपाचार भने बीएण्डसी अस्पतालमा नै हुने समेत डा दिलीप शाहले जानकारी दिए ।

स्वाइन फ्लुबाट जोगिनका लागि अग्रीम खोप पनि लगाउन सकिने र उक्त खोप पनि बीएण्डसी अस्पतालले भोलिदेखि नै प्रयोगमा ल्याउने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए ।
स्वाइन फ्लुको संक्रमणको जोखिम बढेसँगै झापामा त्यसको उपचारका लागि बीएण्डसी अस्पतालसँग सरकारीस्तरबाटै सम्झौता गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन कुलबहादुर पौडेलले बताए ।

 

प्रतिकृया दिनुहोस