ललितपुरको कुसुन्तीमा प्रहरीको ‘इन्काउन्टर’, प्रवीण खत्रीको गोली लागि मृत्यु

Encounter

काठमाडौ । ललितपुरको कुसुन्ती स्थित अरुण वस्तीमा सोमबार गोली चलेको छ । गोली लागेर गम्भीर घाइते भएका लागू औषधको डिलर सञ्चालक प्रविण खत्रीकोको मृत्यु भएको छ ।

खत्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले दावी गरेको छ । खत्री आफैले आफैलाई कञ्चटमा गोली हानेको प्रहरीको दावी छ ।
प्रहरीका अनुसार सोमबार बिहानदेखि दुई वटा पेस्तोल लिएर खत्री घरबाट निस्किएका थिए ।

उनलाई नियन्त्रणमा लिन महानगरीय अपराध महाशाखाको टोली बिहानैदेखि परिचालित थियो । अपराध महाशाखाका अनुसार कुसुन्तीमा एउटा घर पछाडि गोली लागेको अवस्थामा भेटिएको छ ।

स्रोतका अनुसार खत्री आफनै घरको कोठामा रहेको वेला प्रहरीले घेरा हालेको थियो । प्रहरी घेराकै वीचबाट खत्री दुई वटा पेस्तोल लिएर बाहिर निस्किएका थिए। खत्रीलाई प्रहरीले लखेटेको थियो ।

‘अन्त्यमा खत्री आफैले आफनै बन्दुकले गोली हानेपछि हामीले फेला पारयौ’प्रहरीले भनेको छ । प्रहरीले खत्रीबाट नाइन एमएमको २ वटा अटोलोडेड पेस्तोल फेला पारेको छ । महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले अस्पतालबाट खत्रीको मृत्यु भइसकेको जानकारी बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...