आन्दोलनले दार्जिलिङको चिया उत्पादनमा कटौती

3(108)

काठमाडौं । चियाको ‘स्याम्पेन’ भनेर दार्जिलिङको चियापत्ती विश्वप्रख्यात छ। पश्चिम बंगाल राज्यको दार्जिलिङका पहाडहरुमा रहेका ८७ वटा बगानबाट उत्पादन हुने चिया बेलायत, जापान र यूरोपेली मुलुकहरुमा निर्यात हुनेगरेको छ।

दार्जिलिङको बगानमा एक सय पचास बर्ष पुरानो चियाका बुटा समेत छन्। पहिलोपटक एक स्कटिस सर्जनले दार्जिलिङमा रोपेका चियाले विश्वभरमै दार्जिलिङ चियालार्इ ख्याति दिएको हो।

दार्जिलिङमा उत्पादन हुनेमध्ये आधा भन्दा बढी चिया विश्व बजारमा निर्यात हुनेगरेको छ। बार्षिक सरदर ८० लाख केजी उत्पादन हुने दार्जिलिङमा उत्पादित चियामध्ये ६० प्रतिशत चिया अर्गानिक भनेर प्रमाणित छ। चियाबाट दार्जिलिङलार्इ बार्षिक रुपमा ८ करोड डलर कमाइ हुँदै आएको छ।

दार्जिलिङको चियालार्इ विश्वमा महंगो र अर्गानिक मानिन्छ। चियाका कतिपय भेराइटी किलोकै ८५० डलरमा समेत बिक्री हुन्छ। दार्जिलिङको चियालार्इ भारतकै पहिलो पिजिआइ ९प्रोटेक्टेड जिओग्राफिकल इन्डिकेसन० प्रोडक्ट मानिन्छ।

गत जुन महिनादेखि दार्जिलिङमा सुरु भएको हिंसात्मक प्रदर्शन तथा नाकाबन्दीले त्यस क्षेत्रको चिया उद्योग नराम्ररी प्रभावित छ। बहुसंख्यक नेपालीभाषी गोर्खा समुदायले छुट्टै गोर्खाल्याण्डको माग राख्दै थालेको आन्दोलनले त्यहाँका एक लाख चिया मजदूरले काम रोकेका छन्।

स्थायी र अस्थायी गरी दार्जिलिङका चिया बगानमा झण्डै एक लाख मजदूर काम गर्छन्। आन्दोलनको रुप उग्र हुँदै जाँदा चिया उत्पादन प्रभावित बनेको छ। दार्जिलिङमा आन्दोलन सुरु हुँदा चिया बगानमा गत बर्षको चियाबाट एक तिहाइ मात्र उत्पादन हुँदै गर्दाको अवस्थामा काम रोकिएको थियो। आन्दोलन कायमै रहिरहेमा चिया बगानले यसै बर्षको उत्पादनबाट मात्रै ४ करोड डलर गुमाउने बगानका मालिकहरुले बताएका छन्।

गत वर्षमात्रै चिया बगानबाट ८० लाख ३२ हजार केजी चिया उत्पादन भएको थियो। उत्पादित चियालार्इ प्रशोधन र प्याकेजिङको काम बाँकी रहँदै गर्दा आन्दोलनले ठूलो रुप लिएपछि अहिले चियाको कुनै पनि काम हुन सकेको छैन।

‘यो अहिलेसम्मकै सबैभन्दा खराब अवस्था हो’ दार्जिलिङ चिया एसोसिएसनका प्रमुख सल्लाहकार सन्दिप मुखर्जी भन्छन् ‘चियाका लागि आएका अर्डरहरु धमाधम क्यान्सिल भैरहेको छ। अहिले बगानबाट फ्रेस चियाको सप्लाइ हुन सकेको छैन।’

दार्जिलिङमा अवस्था सामान्य हुन समय लाग्यो भने दार्जिलिङको उत्पादनको सट्टा अन्य चियाले बजार खाइदिने अवस्थातर्फ उनले चिन्ता ब्यक्त गरे।

चिया बगानमा मार्च महिनादेखि चियाको मुना लाग्न थाल्छ। बिभिन्न चार यामहरुमा चियाका मुना टिप्ने र प्रोसेसिङको काम हुने गर्छ। हाल गर्मी यामको मध्य अवधिमा पत्तीहरुमा बिशेष सुगन्ध आउने समय हो।

यस बेला बार्षिक उत्पादनको आधा तथा बार्षिक बिक्रीको चालिस प्रतिशत बिक्री यसै समयमा हुने गर्छ। सन् १९८० देखि नै हुँदै आएको छुट्टै राज्यको माग सहितको आन्दोलन हुँदै आएपनि यसअघि हुने गरेको आन्दोलन चिया बगानको उत्पादनलार्इ असर पर्नेगरी भएको थिएन।

चियाका क्रेताहरु दार्जिलिङमा जारी आन्दोलनका कारण अन्य बजारतर्फ मोडिएका छन् । जापानका केही सुपरमार्केटले दार्जिलिङ चियाको स्टक नोभेम्बरबाट सकिने भन्दै त्यसभन्दा अघि नै चियाको माग गरेका छन्। यस्तै जर्मनीको चिया आयातकर्ताले पनि दार्जिलिङ चियाको माग तत्काल पूरा नहुने हो भने यो ‘लिमिटेड एडिसन’का रुपमा बजारमा जाने जोखिम रहेको बताएका छन्।

भोलि नै आन्दोलन सकियो र कामदारहरु चिया बगानमा फर्किए भने पनि अब चिया टिप्न एक महिनाभन्दा बढी समय लाग्ने देखिन्छ। बगानहरु दुर्इ महिनाभन्दा बढी समयदेखि अलपत्र छोडिएका छन्। यसमा चियाका बुटाहरु झांगिएर झाडीजस्ता भएको बगान मालिकहरु बताउँछन्। कामदारहरुले पहिले झाडी भएका बुटाहरुलार्इ काटछाँट गरी बगान सफा गरेपछी मात्र चियाका मुनाहरु टिप्न मिल्ने उनीहरुको भनाइ छ।

अबको एक महिनाभित्रै दार्जिलिङमा आन्दोलन सकियो भने पनि यस बर्ष चियाको उत्पादन संभव देखिएको छैन। निकट आइरहेका चाडबाडमा भारतमा दिइने लामो बिदाले पनि चिया बगानको काम प्रभावित हुने र अर्को बर्षमात्र दार्जिलिङको चिया बगानहरुमा चहलपहल सुरु हुने स्पष्ट छ।

दार्जिलिङ क्षेत्रमा १३ वटा बगानको स्वामित्व भएका संजय लोहिया भन्छन् अहिलेकै अवस्थालार्इ विश्लेषण गर्ने हो भने भावी दिनहरु दार्जिलिङको चिया विश्व बजारमा लिमिटेड एडिसनकै रुपमा रहनेछ। बीबीसीबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...