सिरहामा ८४२ घरेलु तथा साना उद्योग दर्ता

Shiraha

लहान । सिरहामा गत आर्थिक वर्षमा ८४२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय सिरहाकाअनुसार आर्थिक वर्ष ०७३÷७४ मा उत्पादनमूलक उद्योग २७४, सेवामूलक उद्योग ४०७ र कृषि तथा वनजन्य उद्योग १६१ गरी कुल ८४२ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । 


आर्थिक वर्ष ०७२÷७३ को तुलनामा यो संख्या दोब्बर भन्दा बढी हो । आर्थिक वर्ष ०७२÷७३ मा जिल्लामा ३६१ वटा नयाँ उद्योग दर्ता भएको थियो । 

योसँगै सिरहामा उत्पादन उद्योग एक हजार ७८, कृषि तथा वनजन्य उद्योग ५०० र सेवा उद्योग दुई हजार ३६३ गरी घरेलु तथा साना उद्योगको संख्या तीन हजार ९८९ पुगेको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख राजेन्द्रकुमारलाल कर्णले जानकारी दिए । 

बैंँक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज रुपले ऋण लगानी गर्न थालेकाले सिरहामा घरेलु तथा साना उद्योग दर्ता गराउने क्रममा बृद्धि भएको पनि प्रमुख कर्णले बताए । 

यस्तै आव ०७३÷७४ मा ५२६ वटा उद्योगको नवीकरण, २१ वटा उद्योगको नामसारी गरिएको छ भने सो अवधिमा नयाँ उद्योग दर्ताबाट रु ४१ लाख ७१ हजार ३१० राजश्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय लहानले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...