सुदूरपश्चिममा यार्सा संकलनको अवस्था समान

Yarsa

कञ्चनपुर। झण्डै आधा दशकको यार्सागुम्बा संकलनको प्रतिवेदनले सुदूरपश्चिममा यार्सागुम्बा संकलनको स्थिति समान देखाएको छ ।

सुदूरपश्चिमको यार्सा पाइने जिल्ला दार्चुला र बझाङमा तथ्यांकअनुसार यहाँ हरेक वर्ष संकलन हुने यार्साको परिणाममा धेरै भिन्नता देखिएको छैन ।

अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालय दार्चुलाका सूचना अधिकृत भुवनेश्वर चौधरीले विगतको यार्सा संकलनको परिणाम हालसम्म पनि समान रहेको बताए ।

गत वैशाखदेखि असारसम्म दार्चुलामा छ क्विन्टल २९ किलो यार्सा संकलनका लागि व्यापारीले अनुमति लिएको सूचना अधिकृत चौधरीले जानकारी दिए ।

जसमध्ये दुई क्विन्टल ४६ किलोग्रामको निकासी गरिरहेको अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ । निकासी गर्दा व्यापारीले प्रतिकेजी २५ हजार राजश्व बुझाउनुपर्ने प्रावधान छ ।

४÷५ वर्षको यार्सा संकलनको परिणाममा धेरै उतारचढाव छैन ।दार्चुलामा वर्षेनी करिब ८ क्विनटल हाराहारीमा यार्सा संकलन हुँदै आएको तथ्यांक छ ।

व्यापारीले यार्सा पाइने उच्च हिमाली भेग पुगेर संकलनकर्ताबाट यार्सा संकलन गरेर निकासी गर्ने गरेका छन् । यो वर्ष दार्चुलामा ७९ जनाले यार्सा संकलनको अनुमति लिएको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ ।

दार्चुलाको उच्च हिमाली भेग घुसा, खण्डेश्वरी, तितला, गुल्जर, व्यास, राप्लालगायतका हिमाली भेगमा यार्सा संकलन गर्न हरेक वर्ष पाँच हजारभन्दा बढी संकलनकर्ता कार्यालयमा आउने गरेको बताइएको छ ।

आम्दानीको राम्रो स्रोत बनेकाले संरक्षण क्षेत्रका स्थानीयवासी विद्यालयसमेत छाडेर यार्सा टिप्न जाने गरेका भए पनि धेरै संकलनकर्ता संरक्षण क्षेत्रको कार्यालयमा संकलक परिचय पत्र बनाउन आउँदैनन् ।

यार्सा संकलन गरी जिल्ला बाहिर निर्यात गरेबापत व्यापारीले हरेक वर्ष करोडौँ राजश्वसमेत बुझाउँदै आएका छन् । जिल्लाका सबै भेग, बैतडी, कञ्चनपुरबाट समेत संकलनका लागि स्थानीयवासी त्यहाँ जाने गरेका छन् ।

पहिले त व्यापारीहरु धादिङबाट समेत संकलक लिएर दार्चुला पुग्थे । २ वर्ष भयो धादिङबाट आएका छैनन् । यार्सा संकलन गरेर काठमाडौँ बढी निकासी हुने गरेको भए पनि यार्सा संकलन कार्यलाई अझै व्यवस्थित गर्न सकिएको छैन ।

अर्को पहाडी जिल्ला बझाङमा पनि हरेक वर्ष यार्साका बेला करिब तीनदेखि पाँच क्विन्टलसम्म यार्सा संकलन हुने गरेको छ ।

यस वर्ष हालसम्म तीन क्विन्टल ६७ किलोग्राम यार्सा हिमाली भेगबाट संकलनका लागि व्यापारीले अनुमति मागेको जिल्ला वन कार्यालय बझाङले जनाएको छ । २१ जना यार्सा व्यापारीले संकलनका लागि अनुमति मागेर स्थानीयवासीमा किनमेलका लागि गएका छन् ।

उनले गत वैशाखदेखि असारसम्म बझाङको हिमाली भेग काँडा, धमेना, सुनिकोट, दवाचौउर, दहबगर र सुर्मा क्षेत्रमा यार्सा संकलन गरिएकोे बताए ।

यार्सा संकलन हुने बझाङ र दार्चुलामा यार्सा निकासीबापत अघिल्लो आवमा व्यापारीले १ करोड १९ हजार राजश्व बुझाएका थिए । स्थानीयवासीबाट व्यापारीले यार्सा खरिद गरेर प्रतिकिलो १४ देखि १८ लाखसम्म बिक्री गर्ने गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...