२७ जिल्लाका १सय ४ स्क्रब टाइफसबाट संक्रमित

Scrup taifus

चितवन, । नेपालमा विभिन्न २७ जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माका अनुसार पछिल्लो प्रतिवेदनबाट २७ जिल्लामा संक्रमण फैलिएको देखिएको छ ।

साउन महिनाको अहिलेसम्म १सय ४ जना संक्रमित भएको पाइएको र यो बढ्दो क्रममा रहेको डा शर्माले जानकारी दिए । सबैभन्दा बढी चितवनमा संक्रमण पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा साउन १९ गतेसम्म २ सय ४३ जनाको परीक्षण गरिएको र ६१ जनामा स्क्रब टाइफस भेटिएको बताउए ।

चितवनको भरतपुर अस्पतालमा २२, रत्ननगर अस्पतालमा तीन, नारायणी सामुदायिक अस्पतालमा २५ र चितवन मेडिकल कलेजमा ११ जनामा रोग फेला परेको केसीको भनाइ छ ।

इपिडिमियोलोजी शाखाका प्रमुख शर्माका अनुसार अघिल्लो वर्ष नेपालमा ८ सय ३१ जना यो रोगबाट संक्रमित भएकामा १४ जनाको मृत्यु भएको थियो । चितवनमा भने १सय ९ संक्रमितमध्ये ४ ज्यान गएको थियो ।

ज्वरो आएपछि औषधि पसलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता पैदा हुने गरेको भन्दै उनले सामान्य ज्वरो आउनेबित्तिकै स्वास्थ्य संस्था जान सर्वसाधारणलाई आग्रह गरे । समयमै अस्पताल गए रोग निको हुने उनको भनाइ छ ।

माइट नामको १ प्रकारको सूक्ष्म किराले टोकेमा यो रोग सर्छ । यो रोग किटाणु मुसाको कानमा बस्ने गर्छ । एउटा माइटमा रोग संक्रमण भएपछि फुलमा सर्ने र यसको संक्रमण २४ पुस्तासम्म जाने अध्ययनले देखाएको शर्माले बताए । नेपालमा २०७२ सालमा पहिलोपटक यो रोग देखा परेको थियो ।

चितवनमा २०७३ सालमा यो रोग देखिएको थियो । गएको वर्ष चितवनमा मुसा र माइटमा गरिएको अध्ययनमा समेत संक्रमण भेटिएको थियो ।

मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्छ । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीरमा पीडा हुने गर्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...