राजश्व संकलनमा दोब्बर वृद्धि

Economic growth

भद्रपुर, । मालपोत कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष २०७३÷७४ मा लक्ष्यभन्दा दोब्बर राजश्व संकलन गरेको छ ।

कार्यालयले सो अवधिमा १७ करोड ४१ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकामा ३७ करोड ४६ लाख ४१ हजार संकलन गरेको लेखा शाखाका कर्मचारी प्रकाश सिटौलाले जानकारी दिए ।

राजिष्ट्रेशन दस्तुर ३१ करोड ८८ लाख १ हजार, रोक्का दस्तुर १७ लाख ३५ हजार, कर्जा लिखितमा ४ करोड ४४ लाख ३० हजार, नामसारीबाट ८ लाख ३३ हजार, प्रतिलिपि दस्तुरबाट रु दुई लाख ३७ हजार, दाखिला खारेजबाट ७७ लाख ३ हजार, डोरदस्तुरबाट १ लाख ३६ हजार, सम्पत्ति बिक्रीबाट ७ हजार, बेरुजुबाट ४ हजार र पूर्जा बिक्रीबाट ७ लाख १२ हजार राजश्व संकलन गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...