हुम्लामा दुई करोड ४९ लाख ७८ हजार रकम फ्रिज

Humla map

हुम्ला, १९ साउन । जिल्ला समन्वय समितिको आर्थिक वर्ष २०७३÷७४ मा रु दुई करोड ४९ लाख ७८ हजार रकम फ्रिज भएको छ । 


स्थानीय ठेकेदार कम्पनी, स्थानीय उपभोक्ता र कार्यालयले समयमा ताकेता गर्न नसक्दा बजेट फिर्ता गएको हो । पुँजीगततर्फ रु एक करोड २० लाख ४५ हजा र चालुतर्फ रु एक करोड ७२ लाख ५४१ हजार फ्रिज भएको जिल्ला समन्वय समितिका लेखा प्रमुख विशाल बोहराले जानकारी दिए । 

ठेकेदारले समयमै झलुंगे पुलका सामान ढुवानी गर्न नसक्दा सबैभन्दा बढी रु ७४ लाख ५० हजार फ्रिज भएको छ । डोल्पा निर्वाचन क्षेत्र विकास कार्यक्रम, युवा स्वरोजगार, आरसी आइडब्लु, साना सिँचाइ, उपेक्षित तथा दलित वर्ग उत्थान कार्यक्रम, ग्रामीण पहुँच कार्यक्रमलगातको रकम फिर्ता गएको हो । 

“समयमै योजनाको सम्झौता नगरिँदा र समयमै कार्य सञ्चालन नहुँदा रकम फिर्ता भएको हो,” जिल्ला समन्वय समितिका योजना शाखाका अधिकृत उजिर रोकायाले भने । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...