१ करोड ९२ लाख राजश्व संकलन

Tax 1

पाल्पा । आर्थिक वर्ष २०७३÷७४ मा मालपोत कार्यालय रामपुरले १ करोड ९२ लाख ४५ हजार राजश्व संकलन गरेको छ ।

आव २०७२÷७३ मा कार्यालयले १ करोड ८० लाख २३ हजार राजश्व संकलन गरेको थियो । कार्यालयले रजिष्ट्रेशन शुल्कमा नगरक्षेत्रबाट १ करोड ६६ लाख ९१ हजार र ग्रामीण क्षेत्रबाट २ लाख १३ हजार, रोक्का र सेवा शुल्कमार्फत २१ लाख २७ हजार, पुँर्जा बिक्रिबाट ४७ हजार र नामसारीबाट १ लाख ६५ हजार राजश्व असुल गरेको मालपोत कार्यालयका नायव सुब्बा देवेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।

रजिष्ट्रेशन शुल्क १ करोड ६९ लाख चार हजारमध्ये कार्यालयले २९ लाख ३६ हजार जिल्ला समन्वय समितिलाई, ८१ लख ३४ हजार रामपुर नगरपालिकालाई र बाँकी ५८ लाख ३३ हजार केन्द्रीय राजश्व कार्यालयमा दाखिला गरेको छ ।

मालपोत कार्यालयले यस वर्ष ग्रामीण क्षेत्रको १ सय ५४ र शहरी क्षेत्रको २ हजार ४ सय ३९ लिखत गरेको छ । १ सय ८७ जनाको जग्गाको नामसारी, ३५ जनाको जग्गाको क्षेत्रफल संशोधन र १७ जनाको जग्गाको अदालतबाट दाखिला गरेको छ ।

गत आवदेखि मालपोत कार्यालय रामपुरले रामपुर नगरपालिकासहित बाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र सिलुवाका सेवाग्राहीलाई सेवा प्रदान गर्दैआएको छ ।

यस्तै आव २०७२÷७३ मा ३ करोड ७४ लाख ६० हजार राजश्व संकलन गरेको जिल्ला मालपोत कार्यालय तानसेनले आव २०७३÷७४ मा ४ करोड ६९ लाख ५९ हजार संकलन गरेको छ ।

नापी कार्यालयले आव २०७३÷७४ मा ७ लाख राजश्व संकलन गरेको छ । कार्यालयले नक्सा प्रिन्ट, ट्रेस र फिल्ड रेखाङ्कनमार्फत ६ लाख ९७ हजार राजश्व संकलन गरेको छ ।

आव २०७२÷७३ मा ५ लाख ११ हजार राजस्व संकलन गरेको कार्यालयले आव २०७३÷७४ मा १ लाख ८६ हजार बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले नक्सा ब्लु प्रिन्ट र नक्सा ट्रेस शुल्कमार्फत ४ लाख ७७ हजार र फिल्ड रेखाङ्कनमार्फत २ लाख २० हजार राजश्व संकलन गरेको नापी कार्यालयका निमित्त प्रमुख रामनाथ महतोले बताए ।

विसं २०७१ मङ्सिरमा स्थापना भएको कार्यालयले हाल नक्सा प्रिन्ट, टे«स, फिल्ड रेखाङ्कनलगायतका कार्य गर्दैआएको छ । कार्यालयले रामपुर, दर्छा, गाँडाकोट, खालीवन, गेझा, सहलकोट, झिरुवास, गल्धा, अर्चले, सिलुवाका सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...