पूर्वराजा ज्ञानेन्द्रको जन्म दिन मनाउन निर्मल निवासमा भीड

Gyanendra

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७१ औं जन्म दिन मनाउन र शुभकामना दिन जानेहरुको लर्काे लागेको छ ।

विहान ११ बजेको साइतबाट शुभकामना दिने व्यवस्था मिलाइएपछि राजधानीको निर्मल निवास जानेहरुको लर्काे नै लागेको छ ।

पूर्वराजा ज्ञानेन्द्रले विगतमा एक्लै बसेर जन्म दिन मनाउँदै आएका थिए । तर, यो पटक भने पूर्वराजदूत रामभक्त ठाकुर (आरवी) को संयोजकत्वमा नागरिक शुभजन्मोत्सव मुल समारोह समिति समेत गठन गरेरै आफ्नो जन्म दिन मनाउन लागेका हुन् ।

उनले आफ्नो जन्म दिनको अवसर पारेर आज साझ सोल्टी होटलमा रात्री भोजको आयोजना गरिएको पूर्वराजा ज्ञानेन्द्रशाहको नीजि सचिवालयले जनाएको छ । सो रात्री भोजमा आफन्त तथा परिवारका सदस्य मात्रै सहभागी हुने बताइएको छ ।

सचिवालयले जन्म दिनको शुभकामना दिन विभिन्न कुटनीतिज्ञ, राजनीतिकर्मी, विशिष्ट व्यक्ति र आफन्तलाई निम्ता गरिएको छ । त्यसको अलवा आफ्ना समर्थकले समेत ११ बजेदेखि वेलुकासम्म शुभकामना दिन पाउने व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...