नेपाल आँखा अस्पतालमा भित्रियो अप्टिकल बायोमिटर

Aptical 4

काठमाडौं । नेपाल आँखा अस्पतालले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा हालै जापानको निडेक कम्पनीको अल स्क्यन मोडलको अप्टिकलबायोमिटर भित्र्याएको छ ।

सो मेशिनले मोतिविन्दुको अपरेशन गर्दा आँखा भित्र राखिने इन्ट्रओकुलर लेन्सकोमा माध्यमबाट पावर जाँच गर्ने भएकाल मोतिविन्दुको उपचारमा अझ गुणस्तरीय सेवा पुग्ने अस्पतालले जनाएको छ ।

यो अत्याधुनिक मेशिनको विशेषता भनेकै नन् कन्ट्याक्टलाई सतप्रतिशत पावर गणना गर्र्नुका साथै मेशिनले १० सेकेन्ड भित्र आँखाको ६ वटा महत्वपुर्ण वस्तुको जाँच गर्ने अस्पतालद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

मेशिनमा इन्फ्रारेड लेजरको जडान भएकाले उपचारमा स्तरियता, सरल र सहजता हुने अस्पतालका कार्यकारी प्रमुख दमन बहादुर घलेले बताए ।

प्रतिकृया दिनुहोस