८ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक

Bauda

काठमाडौँ, । बौद्धनाथ क्षेत्र विकास समितिले आव २०७४÷७५ का लागि ८ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ ।

समितिले चालु खर्चतर्फ ३ करोड ९५ लाख ८० हजार तथा पुँजीगत खर्चतर्फ ४ करोड ६६ लाख विनियोजन गरेको छ । गत वर्षको मौज्दात २ करोड रहेको र टिकट बिक्रीबाट मात्र ६ करोड ५० लाख आम्दानी हुने तथा सटर बहालबाट ४ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ ।

पुरातात्विक, धार्मिक बौद्ध साहित्यसम्बन्धी कृति प्रकाशन, ज्येष्ठ नागरिकलाई भ्रमणलगायत शीर्षकमा १८ लाख छुट्याइएको छ ।

बौद्धनाथ क्षेत्र तथा त्यस वरपरका सम्पदाका साथै स्थानीय पूर्वाधार विकास निर्माणका कार्यमा समेत विनियोजित खर्च मध्येबाट केही रकम खर्च गरिने समितिका कार्यकारी निर्देशक फुबुयाङ्जी लामाले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा मनाइने बौद्ध धर्मका विभिन्न दिवस तथा सामाजिक कार्यमा पनि समितिले सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस