पखालाबाट १ मृत्यु,

Death

गोरखा, । गोरखाको सुलिकोट गाउँपालिका–२ बारपाकमा पखालाबाट एक बालकको मृत्यु भएको छ ।

२ सातादेखि बारपाकमा पखाला फैलिएको हो, स्थानीय शिक्षक गौतम गुरुङले भने “बारपाकको कोजे गाउँका १५ महिने बालक अमृत घलेको मृत्यु भएपछि पखाला फैलिएको घटनाबाहिर आएको हो ।”

जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले भने “झाडापखालाको समस्या देखिएको सूचना प्राप्त हुनासाथ त्यसको नियन्त्रण गर्न र दूषित पानी प्रयोग नगर्न जनचेतना जगाउन स्वास्थ्यकर्मीको टोली त्यस क्षेत्रमा परिचालन गरिएको हो ।”

जिल्लास्थित स्वाँरा सघन गाउँ विकास केन्द्रको सहयोगमा स्वास्थ्यकर्मी बारपाक पठाइएको हो । ती स्वास्थ्यकर्मी बारपाक पुगेपछि महिला स्वास्थ्य स्वयम्सेविका र धामीझाँक्रीलाई तालिम दिनेछन् ।”

दिनहुँ चार÷पाँचजना पखालाका बिरामी उपचारका लागि यहाँ आउने गरेको स्वास्थ्य चौकी बारपाकका प्रमुख अनिलकुमार शाहले बताए ।

शाहले भने “पखाला अब नियन्त्रणमा आउँछ, यो महामारी होइन र औषधिको पनि अभाव छैन ।” जीवनजल लगायतका औषधि बिरामीलाई उपलब्ध गराइरहेकोे उनले बताए ।

दूषित पानीको प्रयोगले गर्दा पखालाको समस्या देखिएको हो । बारपाकका शौचालयमा पानी राख्ने, साबुनपानीले हात धुने र शुद्धीकरण गरेको पानी मात्रै प्रयोग गर्नेबारे जनचेतना अभियान सञ्चालन गरेको छौं शाहले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...