प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध उजुरी

Gopal parajuli 35

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्चको प्रधानन्यायाधीशमा प्रस्तावित गोपालप्रसाद पराजुलीविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

समितिको आइतबार बिहान बसेको बैठकले दश दिनको समयसीमाभित्र उजुरी भए दिन सर्वसाधरण समेतलाई आग्रह गरेको छ ।
समितिले सोमबारदेखि लागू हुनेगरी भावी प्रधानन्यायाधीशका सम्वन्धमा उजुरी लिने निर्णय गरेको हो । समितिको सुनुवाइ कार्यविधि अनुसार उजुरी आह्वान भएको हो ।

समितिको आह्वान अनुसार अब सर्वसाधरण समेतले पराजुलीको सेवा, योग्यता, क्षमता र कार्यसम्पादन कुनै उजुरी भएमा पेस गर्न सक्नेछन् । प्राप्त उजुरीमा समितिले उजुरीकर्तासँग छलफल गर्नेछ । उजुरीकर्तासँग छलफल गरेपछि मात्र समितिले सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।

समितिको कार्यविधि अनुसार उजुरीकर्तासँग छलफलपछि सुनुवाइ हुनेछ । सुनुवाइपछि समितिले प्रस्तावित पदाधिकारीलाई स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ । समितिको दुई तिहाई बहुमतले मात्र पदाधिकारीलाई अस्वीकृत गर्न सक्नेछ । अनुमोदनका लागि भने बहुमत सदस्य भए पुग्नेछ ।

प्रतिकृया दिनुहोस