डडेल्धुराको परशुराम नगरपालिकामा कांग्रेस बिजयी

Kangers dldu

डडेल्धुरा । डडेल्धुरामा मा बाँकी रहेको १ तह परशुराम नगरपालिकामा मत गणना कार्य सम्पन्न भएको छ । जिल्लाको बढि जनसंख्या रहेको प न पा मा कांग्रेसले जित हात पारेको छ ।

मेयरमा कांग्रेसका भीम बहादुसर साउद ४ हजार ६ सय २९ मत ले बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका शेरसिंह माल ४ हजार १ सय २ मत मा सिमीत रहेका छन ।

यस्तै उपमेयरमा पनि कांग्रेसकै कलावति बोहरा ४ हजार २ सय १३ मत ल्याएर बिजयी भएकी छन् भने उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी बिमला महता ३ हजार ६ सय ३८ मत ल्याएर अपराजीत भएकी छन् ।

१२ वडा रहेको परशुराम नगरपालिकामा वडा नं.२,५,६,१२ मा नेपालि कांग्रेसले जित हात पारेको छ भने वडा नं.७ ,११ मा नेकपा एमाले र १,३,४,८,९,१० मा माओवादि केन्द्र ले जीत हासिल गरेको छ ।

यो संगै डडेल्धुराका ७ स्थानिय तहको मत गणना कार्य सम्पन्न भएको छ । जिल्लाको ४ स्थानिय तहमा नेपाली कांग्रेस , २ स्थानिय तहमा नेकपा एमाले र १ स्थानिय तहमा माओवादि केन्द्र ले जित हासिल गरेको छ ।

प्रतिकृया दिनुहोस