सिन्धुपाल्चोकमा बस दुर्घटना ३० जना घाइते ६ को अवस्था गम्भिर

K131

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा बन्देउ सडक खण्डअन्तर्गत पोखरेवेसीमा बस दुर्घटना भएको छ ।

ठूलो सिरुवारीबाट काठमाडौँतर्फ गइरहेको बा२ख २७०२ नं को बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् भने घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम अधिकारीका बताए ।

विपरीत दिशााबाट आउँदै गरेको बा६४प ३०२६ नं को मोटरसाइकललाई जोगाउन खोज्दा बस भिरमा खस्न पुगेको थियो ।

घाइते सबैको काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस