विज्ञानको नजरमाः वेद र बाईवल

विज्ञानको नजरमाः वेद र बाईवल

15608492 1656605204634071 538271615 o

आजको भौतिकवादी समाजले धर्म, अध्यात्म र ईश्वरको विषय फुर्सदमा सोच्ने विषय हो भन्ने धारणा विकसित गराएका छन् । विकास भनेको भौतिक उन्नति र प्रगती हो भन्ने मानसिकता स्थापित भएको समयमा धर्म, सँस्कृति र दर्शन पनि आफ्नै हिसाबले संसारभर व्याप्त रहेको छ । आस्तिकहरुको नै संसारमा बोलबाला रहेको छ ।

धर्मलाई नैतिकता, अनुशासन, कर्तव्य, आस्था जुनसुकै रुपमा लिएता पनि विश्व समाज मुख्यतः दुई चिन्तनमा ध्रुविकरण भएको छ । एउटा पुर्वीय चिन्तन र अर्को पश्चिमी चिन्तन । पुर्वीय मत बाहिर भौतिक पदार्थ भन्दापनि अध्यात्म, दर्शन, आत्मा, परमात्माको स्वारुपको बारेमा अध्ययन चिन्तन गर्दै अगाडि बढ्यो भने पश्चिमा मत चाँहि विशेषत बाहिरी भौतिक ईन्द्रियजन्य बस्तुहरुको अध्ययन अनुसन्धान गर्नतर्फ आफुलाई अग्रसर गरायो र मानव जीवन संचालनमा यी दुवैको आ–आफ्नो ठाँउमा विशिष्ट महत्व रहेको छ ।

धार्मिक हिसावले पूर्विय समाज वेदलाई आधार मानेर अघि बढ्यो भने पश्चिमी समाजले बाईबललाई अघि सा-यो । अघि सार्दा सार्दै उसले यतिसम्म अगाडि सा¥यो कि पश्चिमकै अन्य देशहरुलाई धार्मिक, भावनात्मक र संवेगात्मक रुपमा नियन्त्रण राख्नको लागि उसले बाईबलिय अस्त्रको प्रयोग गरेको देखिन्छ ।

मध्ययूगिनकालमा अपनाएको यो रणनीति विसौं सताब्दीमा भारतमा प्रयोग ग-यो भने हालको २१ औं सताब्दीमा खुल्लमखुल्ला रुपमा नेपालमा प्रयोग गरेको देखिन्छ । त्यो पनि कुनै बैज्ञानिक सिद्धान्तमा नभैकन भावनात्मक रुपमा । वास्तवमा कुनैपनि धर्मशास्त्रलाई त्यतिबेला बैधानिकता दिन सकिन्छ जतिबेला त्यो विज्ञानको कसौटीमा खरोरुपमा उत्रन सकिन्छ । उक्त मान्यतालाई मध्यनजर गर्दै लेखकद्वय सुरेन्द्र गौतम र नवराज पनेरुले एउटा अनुसन्धान मुलक एवं खोजमुलक पुस्तक ‘‘विज्ञानको नजरमाः वेद र बाईवल” नेपाली समाजमा पस्किदिएका छन् । विद्यार्थी पुस्तक भण्डार भोटाहिटीबाट प्रकाशित यस पुस्तकमा वेद र बाईवलको तुलनात्मक अध्ययन गरी तथ्यगत र प्रमाण सहित यर्थाथको उजागर गर्ने प्रयत्न गरेका छन् ।

विशेष गरि यो पुस्तक तिन वटा विषयमा केन्द्रित भएको देखिन्छ ।

  • पहिलो, वेदभित्रको विज्ञान र बाईवलमा भएका विज्ञान विरोधि कुराहरु ।
  • दाश्रो, धर्मान्तरण गराउने इशाईहरुले हिन्दु धर्म सम्बन्धि फैलाईएका विभिन्न भ्रमहरुको शास्त्रगत तर्कयुक्त र विज्ञानयुक्त खण्डन ।
  • तेस्रो, बाईवलका मान्यताहरुको पूर्ण आलोचनात्मक समिक्षा ।

वेद र बाईवलको तुलनात्मक अध्ययन गरिएको यो पुस्तकमा लेखकद्वय धर्म परिवर्तन र त्यसले समाजमा पार्ने असरका साथसाथै हिन्दुधर्म सम्बन्धि नभएका भ्रमहरु छर्दै हिड्ने इसाई प्रति बैचारिक रुपमा खरो प्रस्तुत भएका छन् जुन हामिले बाईवलसँग सम्बन्धित विभिन्न शीर्षकहरुमा देख्न सक्छौ । विशेषतः बाईवलमत समिक्षा शीर्षकमा ।

लेखकद्वयद्वारा चारवेद, मुल उपनिषदहरु, षड्दर्शन, भागवत गीता, पुराणहरु आदिबाट आजको भौतिक विज्ञानमा स्थापित भएका मान्यतालाई मध्यनजर गरेर विज्ञानसम्मत तथ्यहरु खोतल्ने प्रयास गरिएको छ । साथै लेखकद्वयले धर्मान्तरित ईसाइको मनेविज्ञानलाई पनि राम्रैसँग साक्षात्कार गरेको पुस्तकको अध्ययनबाट बुझ्न सकिन्छ । तैपनि भाषिक रुपमा बाईवलमाथि ठाडो आलोचना गर्नु, बाईवलका सकारात्मक कुराहरुलाई त्यति समेट्न नसक्नु, अन्य भ्रमहरुको पनि निरुपण नगरिनु र धर्मपरिवर्तनले राष्ट्रनै विखण्डन हुन्छ भन्ने कुराले शसंकित हुनु आदि यस पुस्तकका न्युन पक्षहरु हुन् ।

सँस्कृति समाजको गहना हो । कुनैपनि देश एवं समाजको पहिचानलाई त्यो देशको धर्म सँस्कृतिले निर्देशित गरेको हुन्छ । धर्म विसुद्ध सन्तुष्टिको विषय हो, लाद्ने विषय होइन । समाजमा सबै धर्म सँस्कृतिले समानरुपले हुर्कने, फुल्ने र फल्ने अवसर पाउनुपर्छ तर एकले अर्काको अस्तित्वमाथि धावा बोल्नु अनुचित हो । धर्म परिवर्तनको विषय होईन, बोधको विषय हो । यसको माध्यमबाट समाजलाई सुसँस्कृत, सभ्य र समुन्नत बनाउन सबै अग्रसर हुनुपर्दछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...