पाख्रिबास नगरपालिकाको १० वटै वडामा एमाले बिजयी

Uml bijay

धनकुटा । धनकुटा जिल्लाको पाख्रिबास नगरपालिकामा नेकपा एमालेले जित प्राप्त गरेको छ । नपाका १० वटै वडामा एमालेको प्यानल नै अत्याधिक मतका साथ विजय भएको छ ।

मेयरमा नेकपा एमालेका बिर्खबहादुर राई ३हजार ९ सय ३६ मत सहित विजयी हासिल गरेका छन् भने उनका निकट्तम प्रतिद्वन्दी काग्रेसका इन्दिरा थापाले १ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् ।

त्यसैगरि नगर उपप्रमुखमा नेकपा एमालेका देवकला तिम्सिनाले ३ हजार ८ सय ८३ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनको निकट्तम प्रतिद्वन्दी ज्ञानबहादुर गुरुङले १ हजार ६ सय ९३ मत प्राप्त गरेका छन् ।

निर्वाचित वडा अध्यक्षहरुमा वडा न. १ मा हेमवहादुर पाण्डे,वडा न.२ मा तोर्ण खपाङ्गी ,वडा न. ३ मा सुन्दरलाल तामाङ्ग ,वडा न. ४ मा सोवित निरौला,वडा न. ५ मा गोपालराज थापा,वडा न.६ मा दलवहादुर तामाङ्ग,वडा न.७ मा फडिन्द्र तामाङ्ग,वडा न.८ मा सिताराम राई,वडा न.९ मा चन्द्रलाल घिसिङ्ग र वडा न.१० मा हरि वहादुर खत्री रहेका छन् ।

प्रतिकृया दिनुहोस