भोजपुर नगरपालिकामा काँग्रेस विजयी

Nc victory

भोजपुर, । भोजपुर नगरपालिकामा नेपाली काँग्रेसका कैलाशकुमार आले ३६ मत अन्तरले विजयी भएका छन् ।

राति अबेर सम्पन्न मतगणनाको प्राप्त परिणामअनुसार ४ हजार ७० मत प्राप्त गरी आले विजयी भएको हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश श्रेष्ठले ४ हजार ३४ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकी ममिता राई विजयी भएकी छन् । । ४ हजार ७ सय ७३ मत ल्याएर उपप्रमुखमा राई विजयी भएकी हुन् । । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कृतिकुमारी कार्कीले ४ हजार ७ सय १ मत ल्याएकी छन् ।

अरुण गाउँपालिकामा काँग्रेसका गजेन्द्रबहादुर कार्की र उपप्रमुखमा काँग्रेसकी विनिता ढकाल विजयी भएका छन । हतुवागढी गाउँपालिकामा एमालेका प्रेमकुमार राई विजयी भएका छन् ।

यस्तै ट्याम्के मयुङ गाउँपालिकामा एमालेका धुव्र राई र उपप्रमुखमा इन्द्रवती राई विजयी भएका छन् । आमचोक गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रका अशोक राई र उपप्रमुखमा सीता राई विजयी भएको छन् । अन्य स्थानीय तहमा मतगणना जारी छ । भोजपुरमा ६६.३१ प्रतिशत मत खसेको थियोे ।

प्रतिकृया दिनुहोस