धनगढी उपमहानगरपालिकामा कांग्रेसको अग्रता

कैलाली, । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नृपबहादुर वडले अग्रता लिनु भएको छ । शनिबार विहानसम्म उनले २ हजार ८१ मत ल्याएर अग्रता लिएका हुन् ।

यस्तै उपमेयरमा कांग्रेसकै सुशीला मिश्र भट्टले २ हजार ३ सय २७ मत ल्याएका छन् । मेयरका स्वतन्त्र उम्मेद्वार गोपाल हमालले १७ सय ५१ मत ल्याएका छन् । भने एमालेका दुर्गाप्रसाद जोशीले मेयरमा १४ सय ९८ मत ल्याएका हुन् । उपमेयरमा रुकमणी देवकोटाले १९ सय ३६ मत ल्याएका छन् ।

यस्तै मेयरमा माओवादी केन्द्रका रामसमज रानाले ७ सय ३४ मत ल्याएका छन् । उपमेयरमा शान्ति अधिकारी क्षेत्रीले ११ सय २४ मत ल्याए ।

प्रतिकृया दिनुहोस