उपत्यकामा ट्याक्सी माफिया सक्रिय, बिना दर्ताका ट्याक्सी छ्याप्छयाप्ती

Taxi chalak

काठमाडौं । कुनै पनि क्षेत्रका माफिया सक्रिय बन्छन् भने राज्यकै निकायको संरक्षणमा हुन्छन् । अहिले ट्याक्सी व्यावसायको नाममा माफियाहरु सरकारी संरक्षणकै कारण सक्रिय बन्न थालेका छन् ।

उपत्यकाभित्र बिना दर्ताका ट्याक्सीहरु छ्याम्छ्याप्ती पाउँदा पनि कारवाही गर्ने निकाय भने मौन छ । बेलाबखत ट्राफिक प्रहरीले त्यस्ता ट्याक्सीलाई समात्ने गरे पनि कारवाहीको दायरामा नआई पुग्दै सडकमा यात्री बोक्न थालिसकेका हुन्छन् ।

त्यसरी बिना दर्ताका ट्याक्सी बजारमा छ्याप्छ्याप्ती पाउँदा पनि कारवाही गर्ने निकाय भने एक ले अर्कालाई दोष थुपार्दै पन्छिने गरेका छन् । यातयात व्यवसायीले भने नक्कली नम्बर प्लेटका ट्याक्सीका कारण आफुहरु मारमा परिरहेको बताउँछन् । ट्याक्सी चालक बिनोद देउला भन्छन्, ‘बिना दर्ताका ‘मिटरवाला’ ट्याक्सीले यात्रुलाई ठगि गरिरहेका छन्, तर कसैले कारवाही नगर्दा हामी मारमा परेका छौं ।’

यसरी खुल्यो रहस्य
केही दिनअघि ट्राफिक प्रहरी महाशाखा ललितपुरका प्रमुख सिताराम हाछेथुले बा२ज ३१५४ नम्बरको ट्याक्सीलाई पक्राउ गरे । सबै कागज पत्र माग्दा चालकले बा१७च ३५०२ को प्राइभेटको विलबुक देखाए ।

बा२ज ३१५४ नम्बरको ट्याक्सी यातयात कार्यालयमा दर्ता भएको थिएन । जुन गाडी काठमाडौंको पुरानो बसपार्कमा बसेर ट्याक्सी व्यवसाय गर्दै आएका देवदास श्रेष्ठको थियो । देवदासले भुकम्पपीडितको ट्याक्सी ४ लाखमा किनेका थिए ।

कति छन् यस्ता ट्याक्सी ?
बिना दर्ताका गाडी कति छन् भन्ने जानकारी दिने कुनै आधिकारिक छैन । भएकाहरु पनि त्यसलाई संरक्षण गरेर कमाउँ धन्दामा लागेको व्यवसायीको आरोप छ ।

विषेशगरी यसरी अनाधिकृत रुपमा ट्याक्सी नम्बर प्रयोग गरी सञ्चालन गर्नेहरुमा राजनीतिक पहुँच र यातयात व्यवस्था विभागमा राम्रो सेटिङ मिलाउन सक्नेहरु छन् । स्रोतका अनुसार अहिले बिना दर्ताका नम्बर प्लेट चलाउनेमा रोयल दोलखा चर्चित छ । जुन ट्याक्सी व्यवसायी देवदासकै हो । उनी ठूला व्यवसायी र राजनीतिक पहुँचका आधारमा त्यसरी ट्याक्सी चलाउने गर्छन् ।

केही दिनअघि मात्रै पनि उनकै कम्पनीमा कार्यरत एक चालकले दर्ता भएको गाडी नदिए नचलाउने भनेपछि बल्लबल्ल दर्ता भएको ट्याक्सी दिएका थिए ।

हाल उपत्यकाभित्र बा२ज ३०२९, बा२ज १७४४, बा२ज १७४७, बा२ज ३१६४, बा२ज ३१६५ लगायतका नम्बर प्लेटका ट्याक्सी गुडिरहेका छन् । यी ट्याक्सीका मिटर छन् । तर, ती ट्याक्सीले नम्बर अर्कैको प्रयाग गरेका छन् ।

खोई कारवाही गर्ने निकाय ?
देशभरका सवारी साधनको अवस्था हेर्ने भनेको यातयात विभाग नै हो । त्यसमा पनि उपत्यका हेर्ने बागमति अञ्चल यातयात कार्यालय छ । व्यवसायीहरुले अञ्चल यातयात कार्यालयलाई नक्कली नम्बर प्लेटका गाडी रोक्न पटकपटक आग्रह गर्दा पनि नरोकिएको मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम बताउँछन् ।

यातयात व्यवस्थापन विभागका कर्मचारीले भने त्यस्ता ट्याक्सीलार्य कारवाही भइरहेको बताएका छन् । अञ्चल यातयात कार्यालयका प्रमुख बसन्त अधिकारीले त्यसरी बिना दर्ताका ट्याक्सी सञ्चालनमा आएको जानकारी पाएपछि अनुगमन तीव्र पारिएको बताउँछन् ।

गाडी उत्पादक कम्पनीले अहिले सजिलैसँग ट्याक्सी दिने गरेका छन् । तर, व्यवसायीले भने रातो नम्बर प्लेटको भनेर ल्याउने र कालो प्लेटका लागि दर्ताको प्रक्रियामा गए जस्तो गर्ने र सबै प्रक्रिया पूरा नगरी सञ्चालन गर्दा पनि समस्या आएको अधिकारी बताउँछन् ।

नक्कली छुट्याउनै गाह्रो
राजधानीमा यतिबेला विना दर्ताका ट्याक्सीहरु झण्डै २ सयको हाराहारीमा छन् । ती ट्याक्सीहरु बिना दर्ताका हुन् भनेर कसैले सहजै रुपमा अनुमान गर्न सक्दैनन् ।

उनीहरुले पनि कालो नम्बर प्लेटमा ट्याक्सी नम्बर राखेकै हुन्छन् । सबै ट्याक्सीमा मिटर पनि जडान गरिएकै हुन्छन् । उनीहरुसँग ट्याक्सी नम्बर मात्रै नक्कली छ भन्ने चाँही यात्रुले भेउ नै पाउन सक्दैनन् । सचेत यात्रुले मात्रै ट्याक्सीमा हरियो स्टिकर राखेको छ कि छैन भनेर हेर्ने गर्छन् । बाँकीले मोलमोलाई गरेर ट्याक्सी प्रयोग गर्ने गरेको पाइएको छ ।

यात्रुले भेउ पाउन नसकेकै कारण ट्याक्सीमा समान हराए वा छुटे पाउने सम्भावना नै रहँदैन । त्यति मात्रै होइन, ट्याक्सी दुर्घटना भएर कुनै भाग्न सक्यो भने त्यसलाई समात्ने र कारवाहीको दायरामा ल्याउने कुने आधार पनि हुँदैन ।

प्रहरी महाशाखा ललितपुरका प्रमुख सिताराम हाछेथु भन्छन्, ‘त्यस्ता गाडीले कुनै फटाई गरे, वा दुर्घटना भयो भने समस्या निम्तन सक्छ ।’ उनकै भनाईमा पनि त्यस्ता गाडी प्रयोग गरेर अपराधी मानसिकता भएकाहरुले कसैलार्य अपहरण गर्न सक्छन् । नम्बर प्लेट फेरिएका ट्याक्सीबाट त्यस्ता खतरा हुने उनको बुझाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...