रुघाखोकी फैलिएपछि रगत तथा घाँटीको नमूना संकलन सुरु  

Rugha khoki

वालिङ, । स्यांजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ ।

गत सोमबार वालिङ–१४ पेखुका खुमप्रकाश अर्यालको मृत्यु भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा आएको टोलीले वालिङ आसपासका विभिन्न क्षेत्रका १९ जनाको रगतको नमूना र २० जनाको घाँटी थ्रोट स्वावको नमूना संकलन गरेको हो ।

“हामीले यहाँ आउँदा ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लागेका केही बिरामीको नमूना संकलन गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले बताए । ‘संकलन गरिएको नमूनालाई काठमाडौँ पु¥याएर प्रयोगशालामा परीक्षण गरेर २ देखि ३ दिनमा रिपोर्ट बाहिर आउने छ ।’

जनस्वास्थ्यको टोलीले नमूना संकलन गर्नुकासाथै समुदायमा पुगेर अन्तरक्रिया गरेको छ । पशुुस्वास्थ्यको टोलीले यहाँका सुँगुर, बंगुरको पनि नमूना संकलन गरी परीक्षण गर्ने तयारीमा रहेको बताएको छ ।

यो रोगबाट बच्न खोक्दा हाच्छियूँ गर्दा सफा कपडा वा रुमालको प्रयोग गर्ने, साबुन पानीले मिचीमिची हात धुने, पोषिलो झोलिलो खानेकुरा खाने, अनावश्यक मानिसको भीडभाडमा नजाने, आँखा, नाक, मुखमा अनावश्यक हात नलैजाने, हात नमिलाउने, अंकमाल गर्न नहुने जनस्वास्थ्य अधिकृत लामिछानेले बताए ।

वालिङ तथा आसपासका बासिन्दा त्रसित भएपछि टोलटोलमा गएर अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्नुकासाथै सर्वसाधारणलाई नआत्तिन र सजग रहन आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...