बाबुरामलाई लाग्यो थप अर्काे झड्का

खिमलालपछि दिए ५ केन्द्रिय नेताले राजीनामा

Dr baburam naya sakti

काठमाडौं । आर्थिक विकासका लागि नयाँ अवधारण ल्याउँदै नयाँ पार्टी गठन गरेका डा. बाबुराम भट्टराईलाई अहिले दशा नै लागेको छ । उनलाई अहिले विश्वास गरेकाहरुले नै धमाधम धोका दिन थालेका छन् ।

खासगरी नयाँ शक्ति पार्टी गठन गर्दा उनले समुन्नत नेपाल बनाउने परिकल्पना गरेका थिए । तर, पार्टी गठन गरेको २ वर्षसम्म पनि पार्टीलाई सुस्त बनाउन नसक्नु र स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउन नसक्नु नै उनलाई आफ्नै विस्वास पात्रबाट धोका खाने माध्यम बनेको छ ।

नयाँ शक्ति पार्टी गठन गर्दा उनले बामपन्थी र प्रजातान्त्रिक दुइटै धार नअपनाउने गरी बैकल्पिक शक्तिको रुप दिने बताएका थिए । तर,संघीय समाजवादी फोरमसँगको सहकार्यका स्थानीय निकायको निर्वाचनमा भाग लिएपछि निक्कै आलोचना भएको थियो ।

कतिपयले डा. बाबुराम भट्टराई नै सर्वेसर्वा हुन खोजेको आरोप पनि लगाउन पछि परेनन् । त्यही आरोप लगाउँदै पार्टी प्रवक्ता खिमलाल देवकोटा पार्टीबाट बाहिरिए । देवकोटाले राजीनामा दिएको २४ घण्टा पुग्न नपाउँदै शनिबार पाँच जनाले राजीनामा दिएका छन् । यसले नयाँ शक्ति पार्टीलाई ठूलै धक्का लागेको छ ।

नयाँ शक्ति नेपालको दलित जनवर्गीय संगठन दलित शक्तिका संयोजक सुशीला श्रीपाइलीसहित ५ जना केन्द्रिय स्तरका नेताहरुले राजीनामा दिएका हुन् । उनीहरुले नयाँ शक्तिले दलित समुदायप्रति अनुदार व्यवहार देखाएको भन्दै दलित शक्तिका संयोजक श्रीपाइलीसहित प्रवक्ता दलमर्दन कामी, कार्यालय सचिव महेन्द्र सुनार, दलितसञ्चार विभाग प्रमुख गणेश विश्वकर्मा र संगठन विभाग प्रमुख दिपेन्द्र विश्वकर्माले राजीनामा दिएका हुन् ।

उनीहरुले आफ्नो राजीनामा पत्रमा नयाँ शक्ति भनिए पनि पूराना र सामन्ती पार्टीभन्दा फरक नभएको आरोप लगाएका छन् । उनीहरुले १० वर्षे जनयुद्ध, १९ दिने आन्दोलन र उत्पीडिन विरुद्ध गरिएका आन्दोलनमा दलित समुदायले गरेको योगदान भुलेको आरोप लगाएका छन् । उनीहरुले उत्पीडित वर्गको अधिकार नै नपाउने अवस्थामा नयाँ शक्तिमा बसिरहनुुको कुने औचित्य नभएको उल्लेख गरेका छन् ।

उनीहरुले शनिबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई राजीनामा पत्र बुझाएका हुन् । यद्यपि उनीहरुको राजीनामा भने स्वीकृत भएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...