विश्व हेपटाइटिस दिवसमा बिबिध कार्यक्रम

Hepatities

काठमाडौं । विश्व हेपटाइटिस दिवसको अवसरमा नेपाल नेशनल हस्पिटलले विभिन्न कार्यक्रम गरेको छ ।

सो अवसरमा हेपटाइटिससम्बन्धि विशेष जनचेतनामूलक तथा हेपटाईटिस रोगको नि:शुल्क जाँच एवं खोपको कार्यक्रम सम्पन्न गरेको छ । अस्पताल परिषरमा भएको सो कार्यक्रममा १ सय ५० जना भन्दा बढीले सेवा लिएको अस्पतालले जनाएको छ ।

सो अबसरमै शुक्रबार साँझ हेपटाइटिसकै विभिन्न पक्षलाई लिएर उपत्यकामा रहेका कलेजो रोग विशेषज्ञ तथा ग्यास्ट्रो इन्टेरोलोजिस्टको सहभागितामा अनुसन्धानत्मक मेडिकल गोष्ठिको समेत आयोजना गरिएको थियो । उक्त जानकारीमूलक कार्यक्रममा स्थानीयको व्यापक सहभागिता रहेको अस्पतालले जनाएको छ ।

मानिसमा हेपटाइटिस सम्बन्धि चेतनाकै अभावले पीडित बन्नु परिरहेकाले सो रोगको कारण र उपचारबारे विविध जानकारी प्रदान गरिएको डा. अर्चन शमशेर जबराले बताए ।

हस्पिटलले यस्ता जनचेतनामूलक एवं निःशुल्क सेवाका कार्यक्रम आउँदा दिनमा पनि जारी राख्ने हस्पिटलका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस