वीरगञ्ज नाकाको व्यापार घाटामा  

Birgang ghata

पर्सा, । प्रमुख व्यापारिक नाका वीरगञ्जको व्यापार घाटा २२ गुणा पुगेको छ । आर्थिक वर्ष २०७३÷७४ मा वीरगञ्ज नाका भएर भारत तथा तेस्रो मुलुकबाट ३ खर्ब ४२ अर्ब ८३ करोड ६३ लाखको विभिन्न मालसामान नेपाल भित्रिएको थियो ।

नेपालबाट भारत तथा तेस्रो मुलुकका लागि १४ अर्ब ९३ करोड २७ लाखको विभिन्न मालसामान निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए । गत आवमा वीरगञ्ज नाकाबाट निर्यातको तुलनामा ३ खर्ब २७ अर्ब ८० करोड ३६ लाख बढीको मालसामान आयात भएको थियो ।

गत आवको आयात निर्यातबीचको व्यापार घाटा २१.९५ गुणा रहेको पोखरेलले बताए । निर्यातमा वृद्धी नगरे व्यापार घाटा अझै बढ्दै जाने उनको भनाइ छ । आव २०७२÷७३ को तुलनामा गत आवमा वीरगञ्ज नाकाको व्यापार घाटा ३.१५ गुणाले वृद्धी भएको थियो ।

आव २०७२÷७३ मा वीरगञ्ज नाकाबाट १ खर्ब ८१ अर्ब ९ कारोड २२ लाखको मालसामान आयात भएको तुलनामा ९ अर्ब ४९ करोड ८ लाखको निर्यात भई व्यपार घाटा १८.८ गुणा रहेको थियो । आव २०७१÷७२ मा वीरगञ्ज नाकाको व्यापार घाटा १४.१८ गुणा रहेको थियो ।

आव २०७१÷७२ मा सो नाकाबाट ३ खर्ब १२ अर्ब ५२ करोड ५१ लाखको मालसामान आयात भएको थियो भने २० अर्ब ५८ करोड ६९ लाखको मालसामान निर्यात भएको भन्सारले जनाएको छ ।

देशभित्र रहेका उद्योग पूर्ण क्षमतामा सञ्चालन नभएको कारण मुलुकमा परनिर्भता बढ्दै गएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकास शर्माले बताए ।

मुलुकभित्र उत्पादन भएका बस्तुभन्दा आयात गर्दा सस्तो पर्ने भएकाले उत्पादकत्व घटदै गएको छ । नेपाली बजार आयातमुखी हुँदै गएको अध्यक्ष शर्माको भनाइ छ ।

वीरगञ्ज नाका भएर नेपालका लागि ६० प्रतिशत खाद्यान्न, ७० प्रतिशत पेट्रोलिय पदार्थ, ६० प्रतिश नयाँ सवारी साधन र ७० प्रतिशत औषधि आपूिर्त हुने गरेको छ ।

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले पहल नगरेको ३ हजार भन्दा बढी उद्योग पूर्णक्षमतामा सञ्चालन हुन नसकेका अध्यक्ष शर्मा बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...