जडीबुटीबाट १५ लाख राजश्व संकलन

New notes

मनाङ, । यार्सागुम्बा, जिम्बु, वनलसुन, सतुवालगायत जडीबुटीबाट आर्थिक वर्ष २०७३÷७४ मा १५ लाख ९८ हजार राजश्व संकलन भएको छ ।

गत आवमा जिल्लामा ६२.५५ किलो यार्सागुम्बा संकलन भएको थियो । प्रतिकिलो २५ हजारका दरले १५ लाख ६३ हजार राजस्व संकलन भएको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्र्रमुख बाबुलाल तिरुवाका अनुसार जीम्बूबाट २ हजार ५ सय, वन लसुन ४ सय ६० किलोको ६ हजार ९ सय र सतुवा १ सय ७० किलोको २ हजार ५ सय ५० राजश्व संकलन भएको थियो ।

कुट्की, पाँचऔंले र जटामसी पनि ठूलो परिमाणमा संकलन गरिन्छ । तर कानूनी रुपमा सरकारले ती जुडीबुटी संकलनको अनुमति दिएको छैन ।

प्रतिकृया दिनुहोस