सरकारी वार्ता टोलीले केसीसँग आज वार्ता गर्ने

Govinda kc 13

काठमाडौं । बिभिन्न २ सुत्रीय माग राख्दै अनसन थालेका प्रा.डा. गोविन्द केसीसँग सरकारी वार्ता टोलीले शुक्रबार बिहान ११ बजे वार्ता गर्ने भएको छ ।

४ दिनदेखि ११ औं पटक अनसन सुरु गरेका केसीको माग पूरा गराउन सरकारले विहीबार शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सचिव गोपिनाथ मैनाली र स्वास्थ्यसचिव किरण रेग्मी सदस्य रहेको वार्ता समिति गठन गरेको थियो ।

सरकारी वार्ता टोलीले विहीबार प्रारम्भिक छलफल गरेको थियो । सो टोली डा. केसीबीच अनशनस्थल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आधा घन्टा छलफल भएको थियो ।

शुक्रबार सरकारी वार्ता टोलीले अनसनरत डा. केसीका प्रतिनिधिहरु जीवन क्षत्री, रञ्जन सापकोटा र वाईपी सिंहले वार्ता गर्नेछन् । सरकारी टोलीले डा. केसीसँगै वार्ता गर्न चाहेको थियो । तर, डा. केसीले अस्वीकार गरेका थिए ।

डा. केसीले सरकारले तत्काल माथेमा प्रतिवेदनअनुरूप चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, आईओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट आईओएममा फिर्ता गर्नुपर्ने जस्ता माग अघि सार्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...