गोविन्द केसीसँग वार्ता गर्न समिति

Govinda kc

काठमाडौं । सोमबारदेखि २ सत्रीय माग राख्दै अनसनमा बसेका डा. गाविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता समिति बनाएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा, स्वास्थ्य मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहेको वार्ता समिति बनाएको हो ।

सरकारको प्रवक्ता तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब अनसन नै बस्न नपर्ने गरी केसीका माग सम्बोधन गर्ने बताए ।

केसीले पछिल्लोपटक माथेमा प्रतिवेदन र आफूहरूले दिएका सुझावसहित चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने र चिकित्सा शिक्षा क्षेत्रमा भइरहेका अनियमितता रोक्न सरकार र सम्बद्घ निकायलाई तत्काल ६ वटा काम गर्नुपर्ने दुईसूत्रीय माग अघि सार्दै आएका छन् ।

डा. केसीले चिकित्सा शिक्षा र सेवा सुधारका माग राखेर सरकारको ध्यानाकर्षण गराउँदै ३१ असारसम्मको अल्टिमेटम दिएका थिए । तर, सरकारले कुनै वास्था नगरेपछि फेरि ९ गते सोमबार ४ बजेदेखि अनसन सुरु गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...