स्याङ्जाको वालिङमा स्वाइन फ्लुबाट १ मृत्यु,

Swine flu

वालिङ, । स्वाइन फ्लुका कारण स्याङ्जाको वालिङमा एकजनाको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको गत सोमबार मृत्यु भएको हो ।

अर्यालको मृत्यु स्वाइन फ्लुका कारण भएको पुष्टि सरुवा रोग नियन्त्रण महाशाखाले गरेको छ । अर्यालको मृत्युसँगै अहिले वालिङ तथा आसपास बासिन्दा स्वाइन फ्लुका कारण त्रस्त छन् ।

असार २६ गते बिहान ८ बजे मृतक अर्याल अत्यधिक टाउको दुख्यो भनेर आएका थिए । हामीले उनलाई अन्यत्र जान सिफारिस गरेका थियौँ ।

स्वास्थ्य केन्द्रले सामान्य औषधि दिएर उपचारका लागि पोखरा पठाइएका अर्याल पोखराबाट ग्राण्डी अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल लगेकामा त्यही उनको २ दिनपछि मृत्यु भएको थियो ।

वालिङ तथा आसपासका क्षेत्रबाट पोखरा तथा काठमाडौँमा ७ र ८ बिरामीलाई सिफारिस गरी पठाइएको अवस्था छ”, अध्यक्ष खाँणले बताए । जो कोहीलाई पनि लामो समयसम्म रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ, घाँटीसम्बन्धी समस्या भएमा शुक्रबारका दिन प्राथमिक स्वास्थ्य केन्द्रमा आउन पनि आग्रह गरेको बताएका छन् ।

स्वाइन फ्लु बंगुरबाट मानिसमा सर्ने भएकाले घर नजिकै बंगुर नपाल्न पनि आग्रह गरिएको छ ।

स्वाइन फ्लुबाट बच्न हात नमिलाउन, अंकमाल नगर्न, मास्क प्रयोग गर्न, भीडभाडमा नजान, संक्रमित वस्तुको सम्पर्कमा नरहन, चिकित्सक घिमिरेले सुझाव दिए । पछिल्लो समय वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...