डा. केसीको अनसन स्थल सुनसान

Dr kc 1

काठमाडौं । १० औं पटकसम्म अनसन बस्दा व्यापक जनसमर्थन पाएका प्रा.डा. गोविन्द केसीले ११ औं पटकको अनसनमा सुरुवाती समयमा समर्थन पाउन सकेका छैनन् ।

अघिल्लो पटक व्यापक जनसमर्थन पाएका केसीले ११ औं अनसन सुरु गर्दा सोमबार निक्कै उत्साहका साथ समर्थकहरु अनसन स्थल पुगेका थिए । तर, मंगलबार दिउँसो अनसन स्थन सुनसान थियो ।

निशान न्युजका प्रतिनिधि अनसन स्थल पुग्दा प्रा.डा. केसी अनसन बसेको स्थलमा दुई जना निदाउँदै बसेका थिए भने केसी निदाएका थिए (हेर्नुस तस्विर)

अघिल्ला अनसनमा प्रारम्भदेखि नै अनसन स्थल भरिभराउ हुने गरेकामा यो पटक त्यस्तो नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन् । सोमबार भने केसीको समर्थन गर्न जानेको लर्काे थियो । मंगलबार भने दुई जना व्यक्ति विरामी कुरुवा बसेझैं निदाउँदै बसेका थिए ।

डा. केसीले माथेमा प्रतिवेदन र आफूहरूले दिएका सुझावसहित चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने र चिकित्सा शिक्षा क्षेत्रमा भइरहेका अनियमितता रोक्न माग गर्दै आमरण अनसन सुरु गरेका थिए । सरकार र सम्बद्घ निकायलाई तत्काल ६ वटा काम गर्नुपर्ने दुई सूत्रीय माग अघि सार्दै आएका छन् ।

सोमबार दिउँसो ४ बजेदेखि आफ्नो माग पूरा गराउन दवाद दिने गरी आमरण अनसन थालेका थिए । उनले यसअघि १० पटकसम्म अनसन बसिसकेका छन् । डा. केसीले चिकित्सा शिक्षा र सेवा सुधारका माग राखेर सरकारको ध्यानाकर्षण गराउँदै ३१ असारसम्मको अल्टिमेटम दिएका थिए । तर, सरकारले कुनै वास्था नगरेपछि फेरि सत्याग्रह गर्न बाध्य भएको उनले बताएका थिए ।

तस्विर : सुरज गौतम/निशान न्युज

 

प्रतिकृया दिनुहोस