‘धुम २’ को ट्रेलर सार्वजनिक

Dhum 2

काठमाडौं । जयकिशन बस्नेतको लेखन, नृत्य, निर्माण र निर्देशनमा बनेको फिल्म ‘धुम २’ को ट्रेलर सार्वजनिक भएको छ ।

राजधानीमा सोमबार फिल्मका कलाकार तथा पत्रकारमाझ ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा फिल्मका मुख्य कलाकारसमेत रहेका जयकिशनले फिल्म पूर्ण रुपमा कमेडी फ्लेबरमा बनेको बताए ।

‘हामीले फिल्मको नारा नै मनोरञ्जनको सत प्रशित ग्यारेन्टी राखेका छौं । त्यसकारण पनि फिल्म दर्शकका लागि रुचीकर हुनेछ’, उनले भने, ‘नारी प्रधानतालाई प्राथमिकता दिएकाले पनि फिल्म दर्शकले मन पराउने छन् ।’

सिर्जना भट्टराईले यसै फिल्मबाट डेब्यु गरेकी छन् । फिल्ममा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ ‘बादल’ लगायतका कलाकारको अभिनय छ ।

ट्रन्डी फिल्मस्को व्यानरमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म तीज पर्वलाई लक्षित गर्दै ८ भदौमा प्रदर्शनीमा आउने छ । सो फिल्ममा एनबी महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, जीवन श्रेष्ठको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

प्रतिकृया दिनुहोस