फेरि सुरु भयो गोविन्द केसीको अनसन

Dr. govinda kc

काठमाडौं । दुईसूत्रीय माग पूरा नभएपछि प्रा. डा. गोविन्द केसी आमरण अनशन सुरु गरेका छन् ।

सोमबार दिउँसो ४ बजेदेखि आफ्नो माग पूरा गराउन दवाद दिने गरी आमरण अनसन थालेका हुन् । उनले यसअघि १० पटकसम्म अनसन बसिसकेका छन् ।

१० पटकसम्म अनसन बस्दा सरकारले प्रतिवद्धता जनाउने तर, कार्यान्वयन नगर्ने भएकाले त्यसप्रति आपत्ति जनाउँदै केसीले ११ औं पटक अनसन बस्न सुरु गरेका हुन् ।

केसीले पछिल्लोपटक माथेमा प्रतिवेदन र आफूहरूले दिएका सुझावसहित चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने र चिकित्सा शिक्षा क्षेत्रमा भइरहेका अनियमितता रोक्न सरकार र सम्बद्घ निकायलाई तत्काल ६ वटा काम गर्नुपर्ने दुईसूत्रीय माग अघि सार्दै आएका छन् ।

डा. केसीले चिकित्सा शिक्षा र सेवा सुधारका माग राखेर सरकारको ध्यानाकर्षण गराउँदै ३१ असारसम्मको अल्टिमेटम दिएका थिए । तर, सरकारले कुनै वास्था नगरेपछि फेरि सत्याग्रह गर्न बाध्य भएको उनले बताए ।

प्रतिकृया दिनुहोस